शहरको सड़कहरूमा खाल्डामा मानिसहरू लड़दैछन््

Share this news

खरसाङ,  (निसं)ः खरसाङ शहरको विभिन्न सड़कमा रहेका खाल्डाहरूको कारण जनसाधरण समस्यामा रहेको गुनासो छ। खरसाङ्को राष्ट्रिय राजमार्ग, वर्द्धावान रोड, पङ्खाबारी रोड, मन्टभियट रोडमा यस प्रकारको सानो-ठूलो खाल्ड रहेका छन्‌‍ भने ती खाल्डाहरूमा झुक्किएर खुट्टा पर्दा मानिसहरू लड़ने गरेको गुनासोहरू प्राप्त भएको छ। सड़कमा हिँड़दा विपरित दिशाबाट आइरहेको गाड़ी, मानिस र अन्य विभिन्न कुरोको ख्याल गर्दै हिँड़न पर्ने भएकोले झुक्किएर यस्ता खाल्डाहरूमा खुट्टा पस्ने गरेको र खुट्टा पसेको समय शरीरको नियन्त्रण हराएर लड़ेको कतिपय मानिसहरुले गुनासो गरेका छन्‌‍।

मंगलवार प्रधान प्रेट्रोल पम्पदेखि केही पर यस्तै एउटा घटना घटेको थियो। यहाँ सरासर हिँड़िर धोबी खोला तर्फ गइरहेका एक व्यक्तिको खुट्टा अचानक सड़कमा रहेको खाल्डामा पस्दा तिनी झटारिन पुगे, केही परसम्म झटारिएर शरीरको नियन्त्रण हराएपछि तिनी सड़कमा लड़े। तिनी लड़दा घुड़ामा चोट लागेको थियो भने तिनले लगाएका लुगा पनि च्यातिएको थियो। त्यस समय विपरित दिशाबाट कुनै गाड़ी आएको थिएन, नत्र ठूलो दुर्घटना पनि घटन सक्ने थियो। उक्त व्यक्तिलाई पछिबाट आउदै गरेका एक युवाले सहयोग गरेर उठाएका थिए।

धर्मशाला नजि वर्द्धवान रोडमा रहेको खाल्डाको ढुंगामा ठेस लाग्दा महानदीका एक व्यक्ति लड़ेको गुनासो प्राप्त भएको छ। उक्त व्यक्तिले भने, त्यहाँ राखिएको एउटा गाड़ीमा मानिसहरू चढ़दै गरेको दृश्य हेर्दै आइरहेको थिएँ, गाड़ीको छैवैमा भएको खाल्डाको ख्यालै भएन। खाल्डामा रहेको ढुंगामा ठेस लाग्दा झटारिन पुगेँ। तथापि कुनै चोट लागेर तर यसरी झटारिन्दा चल्दै गाड़ीको मुनि पसेको भए ठूलो दुर्घटना हुने थियो।

खरसाङ शहरी क्षेत्रका सड़कहरूमा रहेका यस्ता खाल्डाहरूको कारण मोटर बाइक र स्कुटी सवारहरू पनि समस्यामा रहेको गुनासो छ। यस्ता खाल्डाहरूमा बाइक स्कुटी लड़ने, अनियन्त्रित बन्ने सम्भावना रहेको कतिपयले गुनासो गरेका छन्‌‍। खरसाङ शहर वर्तमानमा एउटा व्यस्त शहर बनेको छ। शहरको मूल बाटोमा हिँड़दा विभिन्न कुरोको ख्याल लाख्दै हिँड़न पर्ने स्थिति छ। यस्तो अवस्थामा सड़कमा रहेका खाल्डाहरूको कारण जनसाधरण समस्यामा पर्ने गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ