जनताले बङ्गालबाट मुक्त गर्ने एकीकरण मात्र हो जनताले बुझिसकेका छन्

Share this news

दार्जीलिङ,15 जनवरी(निसं): बङ्गालदेखि छुट्टिने धेरै मार्ग र अभियानहरूमा दार्जीलिङ पहाडका जनता सहभागी रहेर आन्दोलन गरे धेरैले ज्यान गुमाए साथै दार्जीलिङ  पहाड नै अशान्ति पनि भएर  गयो तर बङ्गालबाट छुट्टिन सकेन अब दार्जीलिङ पहाडका जनताले बुझिसकेका छन् कि बङ्गालबाट छुटिने सहज अनि सत्यमार्ग दार्जीलिङ-सिक्किम एकीकरण मात्र हो। पहाडका जनताले बङ्गालबाट छुट्टिने जनमत धेरै अगाडिदेखि दिइरहेेका छन् तर जुठे र ओठे नेताहरूले त्यसलाई सदुपयोग गर्न सकेन जनताको त्यस प्रकारको जनमत नै दार्जिलिङ सिक्किम-एकीकरण मञ्चको निम्ति जनमत हो, भनी बताउँदै दार्जीलिङ-सिक्किम एकीकरण मञ्चका अध्यक्ष शंकरहाङ सुब्बाले पत्रकारहरूसितको सम्बोधनमा भनेका छन्।
दार्जीलिङ-सिक्किम एकीकरण मञ्चले दार्जीलिङ पहाडलाई बङ्गालदेखि तथा बङ्गालको दासत्वबाट मुक्त गराउने अभियान सुरु गरेको 17 वर्ष पूरा भएको बताउँदै एकीकरण मञ्चका अध्यक्ष शङ्करहाङ सुब्बाले भनेका छन्, आज एकीकरण मञ्चको 17औं स्थापना दिवस पालन गर्‍यो। यस कार्यक्रममा विभिन्न क्षेत्र शाखा-प्रशाखाहरुबाट अतिथिहरू तथा सदस्यहरु उपस्थित थिए। दार्जीलिङ पहाडको उन्मुक्ति एकीकरण मञ्चले मात्र गर्नेछ भन्ने कुरा अब दार्जिलिङ पहाडका जनतालाई थाहा भइसकेको छ कि बङ्गालदेखि उन्मुक्ति हुन दार्जीलिङ-सिक्किम एकीकरणको मार्ग मात्र हो। सुब्बाले अझ भने, आजको स्थापना दिवसमा विशेष प्रकारको प्रस्तावहरु ग्रहण गरेका छौं, जसमा अहिंसात्मक आन्दोलन, जनतालाई दुःख नदिकन विभिन्न प्रकारको कार्यक्रम गर्नेछौं जनतालाई तर्साउने झण्डा बेच्ने र किन्ने कुनै प्रकारको आन्दोलन हुने छैन स्थापनाकालदेखि आजसम्म 27 वर्षभित्र एकीकरण मञ्चमा धेरै फरक आएको छ। वर्तमान दार्जीलिङ पहाडका जनताले बङ्गालबाट उन्मुक्ति हुन एकीकरण मञ्चको सन्देश बुझिसकेका छन् यही कुरा नै सिक्किम एकीकरण मञ्चको ठूलो उपलब्धि हो। अहिले गोर्खाल्याण्ड भन्ने नेताहरूलाई विश्वास गर्दैनन् ओठे र जुठे नेताहरूको विश्वास गर्दैनन् बङ्गालको जुठो खाएर ओठमा गोर्खाल्याण्ड झुन्डाउने नेताहरुलाई जनताले नकारिसकेका छन् दार्जीलिम्ग-सिक्किम एकीकरण मञ्चको म्यान्डेड नै जनताले विगत 1978 सालमा दार्जीलिङ पहाडबाट सांसद निर्वाचित गरेको समय नै प्राप्त भइसकेको हो सुब्बाले अझ भने, दार्जीलिङ-दार्जिलिङ सिक्किम एकीकरण मञ्चले एकीकरणबारे सरकारलाई कैयौं पल्ट दस्तावेज पेश गरिसकेका छौं। साथै यस सम्बन्धमा सरकार पनि सचेत छन्
। उनले यसै बीच भने, दार्जीलिङ पहाडको एउटा एमपी अनि तीनवटा एमएलएको कुनै महत्त्व रहँदैन। यसैले संवैधानिक अनि दस्तावेजको शक्ति अनि चापमा सरकारलाई कुरा राख्नुपर्छ तर यस समय दार्जीलिङ पहाडमा कुनै प्रकारको मुद्दा नभएकोले राल चुहाउने नेताहरू मुद्दा नभएको नेताहरूले यस मुद्दालाई चुडाएर लान पनि सक्छ। उनले अझ भने, एकीकरण मञ्चमा चुनावी म्यान्डेट छैन एकीकरण मुद्दाको निम्ति चुनावी म्यान्डेड होइन दस्तावेजको चापले अघि बढ्ने छौं, एक प्रश्नको उत्तरमा शंकराङ सुब्बाले भने दार्जीलिङ सिक्किम सम्बन्धी एब्जर्ब एक्ट रिपिल गरिसकेको छ, तर यसमा दार्जीलिङ-सिक्किम एकीकरण मञ्च भन्न चाहन्छ कि एब्जर्ब एरिया एक्ट कसरी अनि कस कसलाई सोधेर लागू  गरियो अनि कसकसलाई सोधेर यसलाई रिपिल गरियो यसबारे गम्भीर गुत्थी लुकेर बसेकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ