हुरी बतासले गरिदिएको बिगार सम्हल्न जनसाधरण व्यस्त

Share this news

खरसाङ,  (निस)ः सोमवार साँझको हुरी-बतासले उढ़ाइदिएको विभिन्न सामग्री बटुल्न अनि उड़ाएर ल्याएको कसिङ्गर सफा गर्न खरसाङ्का धेरै मानिसहरूले सोमवार दिनभर खर्चिए। हुरी-बतासले खरसाङ्को विभिन्न स्थानमा क्षति गरेको छ। कतिपय मानिसहरूको टीनको छानु उढ़ाइदिएको छ भने धेरै मानिसहरूको बरण्डा, रेलिङ, छतमा राखिएको फूलका गमलाहरू आइतवार साँझको हुरी-बतासले उढ़ाइदिएको छ।

खरसाङ्का धेरै फूल कृषक अनि फूलप्रेमीहरूले सोमवार साँझको हुरी बतासले फूलहरू क्षतिग्रस्त भएको बताएकाछन्‌‍। खरसाङ बजारको राष्ट्रिय राजमार्गमा फूल अनि फूलका बिरुवा बिग्री गरिरहेका बरबुङ निवासी फूल कृषकले आफ्नो टोइलेटको छतमा राखेको सम्पूर्ण फूल असिनाले बिगार गरिदिएको बताएका छन्‌‍। तिनले सोमवारको हुरीमा आफ्नो नर्सरीमा रहेका धेरै फूल गमलासहित क्षतिग्रस्त बनाइदिएको बताए। डुमाराम बस्तीकी एक फूल कृषकले सोमवार साँझको हुरी-बतासले आफूले रोपेको फूलको धेरैवटा गमला उढ़ाइदिएर क्षतिग्रस्त बनाएको बताइन्‌‍। तिनले भनिन्‌‍, हुरी-बतास आउन थालेपछि रेलिङ र बरण्डामा राखिएका फूलका गमलाहरू एकपछि अर्को गर्दै उढ़ाउन थाल्यो। यस्तै हुरी-बतासको सामना गर्दै भए पनि फूलका गमलाहरू घरभित्र राखेर जोगाएँ। सोमवार साँझको हुरी बतासले उढ़ाएर ल्याएको कसिङ्गर सफा गर्न घरभित्र ल्याएको फूलको गमलाहरू पुनः अघिको स्थानमा राख्नलाई दिनभर लाग्यो। यसरी नै खरसाङ शहरी क्षेत्रमा सोमवार साँझको हुरी-बतासले फूल रोप्नलाई बनाइएको छाजन, बरण्डमा पानी नआवोस भनी लगाइएको प्लास्टि वा टीनको छानु उढ़ाइदिएको धेरै घटनाहरू प्रकाशमा आएको छ।

डुमाराम बस्तीकी एक व्यक्तिले सोमवार साँझको हुरी बतासले आफ्नो घरको छानु उढ़ादिएपछि हरिबिजोक बनाएको बताए। हुरी-बतासले यहाँको रिलायन्स स्मार्ट बजार नजिक एउटा रुख ढलेर राष्ट्रिय राजमार्ग 110 केही समयको निम्ति बन्द भएको थियो। अग्निशमन विभाग अनि प्रशासनको सक्रियतामा यसलाई रातिनै खोलियो। खरसाङ्को धर्मशालादेखि डाउहिल हुँदै चिम्नी, देवराली भएर बाघगौड़ा निस्कने ओल्ड मिलिटेरी रोडमा पनि धेरै स्थानमा रुखका साना-ठूला हाँगा झरेर सड़क बिहानसम्म अवरुद्ध भएको जानकारी पाइएको छ। साँझको हुरी बतासले तीनधारे क्षेत्रको चुनभट्टीमा एउटा रुख ढलेर राष्ट्रिय राजमार्ग 110 अवरुद्ध बनेको थियो भने मकैबारी चिया बगान क्षेत्रमा पङ्खाबारी रोडमा एउटा ठूलो रुख ढलेकोले यो रोड पनि केही समयको निम्ति बन्द भएको थियो। तथापि सोमवार साँझको हुरी बतासमा कुनै हताहत भएको अथवा घाइते भएको जानकारी प्राप्त भएन। खरसाङ शहरी क्षेत्रमा सोमवार सामन्य रुपले गाड़ी चलाचल भयो। हुरी बतासले विभिन्न स्थानमा बिजुलीको खाँबो ढलेको र तार चुढ़ाइदिएकोले साँझदेखिनै बिजुलीको आपूर्ति ठप्प बनेको थियो भने मंगलवार दिउँसो लगभग 1 बजेदेखि बिजुलीको आपूर्ति पनि सामान्य बन्यो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ