17 जुन 2017 का शहिदहरूलाई श्रद्धाञ्जली अर्पण

Share this news

रेलिङ, 18 जुन (निसं) गोर्खा जनमुक्ति मोर्चा रेलिङ- कैँजले समष्टिद्वारा सहिद महेश गुरूङ, सहिद सुनिल राई अनि सहिद बिमल शशांकरलाई श्रद्धाञ्जली अर्पण गरियो। गत 2017 सालको गोर्खाल्याण्ड  आन्दोलन कालमा सहिद भएका रेलिङ-कैँजले समष्टि अधिनस्त अप्पर रेलिङ गुरूङ गाउँ निवासी सहिद महेश गुरूङलाई गोजमुमो रेलिङ समष्टिद्वारा श्रद्धा सुमनको साथमा श्रद्धाञ्जली अर्पण गर्‍यो। मंगलबार गोर्खा जनमुक्ति मोर्चा रेलिङ-
कैँजले समष्टि संयोजक मुकेश पोखरेल उपस्थित रहेको एक प्रतिनिधि टोलीले सहिद महेश गुरूङको निज निवासी पुगी उनलाई  श्रद्धा सुमनको साथमा उनकै तस्विरमा खादा लगाई श्रद्धाञ्जली अर्पण गरे। उक्त प्रतिनिधि टोलीमा गोजमुमो रेलिङ-कैँजले समष्टि संयोजक मुकेश पोखरेल, सोम-तकभर समष्टि सभासद सुरज राई,गोजमुमो केन्द्रीय समिति युवामोर्चा संयोजक नितेश मुखिया , अमित गुरूङ लगायतका समष्टि प्रतिनिधिगण विशेष उपस्थिति रहेको थियोे। यसरी नै गत 17 जुन 2017 आजको दिन सहिद भएका यसै समष्टि अधिनस्त कैँजले 8 नम्बर निवासी सहिद सुनिल राई अनि साथै छिमेकी समष्टि पुलबजार-बिजनबारी गोक समष्टि कमजोर बस्ती निवासी सहिद बिमल शशांकरलाई पनि श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ।
आजको श्रद्धाञ्जली कार्यक्रममा समष्टि संयोजक मुकेश पोखरेलले बोल्दै भने, हामी बर्षपछि सहिदलाई स्मरण गर्दै सहिदको घर-घरमा पुगेर श्रद्धाञ्जली चढाउछाैँ। जबसम्म सहिदले देखेको सपना गोर्खाल्याण्ड माग पूरा हुँदैन तबसम्म हामी निरन्तर रूपमा लागिपर्नेछाैँ भनी बताए । सहिदको कुनै रंगभेद हुँदैन । सहिद हामी सबैको हो । विगतमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले समाधि बनाईदिन्छु भनेर बचन दिएका थिए, उक्त प्रश्न सोधिएको जवाफमा संयोजक मुकेश पोखरेलले भने, अध्यक्ष बिमल गुरूङले सहिदहरूलाई कहिले नभुल्ने बताए । पार्टीको तर्फबाट सहिद महेश गुरूङको सालिग यसै वर्ष 2025 भित्र बनाएर परिवारलाई सुम्पी दिने उनले थप बताएका छन।अर्कोतिर , आफुहरूले सहिदले दिएको त्याग,बलिदान कहिले नभुल्ने सोम तकभर-समष्टि सभासद सुरज राईले बताए । हामी सदैव सहिदको परिवारको साथ सहयोगमा रहनेछाैँ, राईले थपे।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ