दार्जीलिङको नेताहरूले एक अर्कामाथि हिलो छेप्नु भन्दा ट्राफिक समस्या बारे ध्यान दिएको राम्रो:भरत तामाङ दार्जीलिङको नेताहरूले एक अर्कामाथि हिलो छेप्ने काम बन्द गरेर जनताहरूले भोग्दै आएको ट्राफिक समस्याहरू माथि ध्यान दिने इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कार्यकर्ता भरत तामाङले आह्वान गरेका छन्। दार्जीलिङ पहाड समस्याहरूले दिनप्रति दिन चुलिन्दै जाँदैछ। ती समस्याहरूमध्ये ट्राफिक जाम पनि एउटा हो। दैनिक रूपमा हुँदै आएको ट्राफिक समस्याले दार्जीलिङबासी हत्तु हैरान भइसकेका छन् भने देश विदेशबाट दार्जीलिङ घुम्न आएका पयर्टकहरू समेत दार्जीलिङ पहाडको ट्राफिक समस्यादेखि अछुता रहन सकेका छैनन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकर्ता भरत तामाङले लौ है नेता बाउहरू ट्राफिक जामको कारणले गर्दा गाडी जामले लेबोङ पुग्न लागि सक्यो होला।
युवा-युवतीहरू त दुःख-सुख हिंडेर बजार पुग्लान् तर उमेर पुगेका, विकलाङ्ग साथै बिमारी मानिसहरू हिंडेर बजार पुग्न सक्ने अवस्था हुँदैन। दार्जीलिङ पहाडमा दैनिक रूपमा यस्तै प्रकारको ट्राफिक जाम भइरहे प्रत्येक गाडीहरूमा नर्स र डाक्टरहरू पनि साथमा लिएर हिंडनु पर्ने अवस्था आइसकेको तिनले बताए। दार्जीलिङ पहाडको नेताहरूले एक अर्कामाथि आरोप, लाञ्छनाहरू साथै हिलो छेप्ने काम गर्नुभन्दा जनताले भोग्नु परेको समस्याहरूमाथि ध्यान दिए धेरै राम्रो हुनेछ। मङ्गलबार बिहान सिंहमारीदेखि सरकारी महा विद्यालय आइपुग्न एक घण्टा टक्क लाग्यो।दार्जीलिङको ट्राफिक जाम देखेर हामी गाडीबाट ओर्लेर हिंडन थाल्यौं। तर सबै मानिसहरू स्वस्थ हुँदैनन्, हिंडने सक्ने अवस्था हुँदैन।
कतिपय मानिसहरू दार्जीलिङ बाहिर गएका होलान्, उनीहरूले ट्रेन तथा प्लेन समात्नु पर्ने होलान्। तर यस्तो प्रकारको ट्राफिक जामको समस्याहरूले उनीहरू ट्रेन तथा प्लेनको समय अवधि रेलवे स्टेशन तथा हवाई अड्डा पुग्न सक्छ होला त? भन्दै तामाङले प्रश्न तेर्साए। दार्जीलिङ पहाडको यस्तो ट्राफिक जामको समस्याहरू देख्दा दार्जीलिङ पहाडको नेताहरू जिउँदैछ के त ?
भन्ने मलाई शंका लागेर आउने भरत तामाङले बताए। दार्जीलिङको नेताहरू मंचमा आएर भुक्नु मात्र भएको छ, दार्जीलिङ पहाडको यस्तो अवस्था देख्दा मलाई कता-कता सिनो गनाएको जस्तो लाग्दैछ। सरकारमा बसेर ट्राफिक जाम जस्ता समस्याहरू समेत समाधान गर्न नसक्नु यसलाई दार्जीलिङ पहाडको दुर्भाग्य नै भन्दा हुन्छ। दैनिक रूपमा हुँदै आएका ट्राफिक समस्याले दार्जीलिङको जनताले हुनसम्म को दुःख पाएका छन्। हिज अस्तीको दिन पनि सिंहमारीदेखि बजार पुग्न 2 घण्टा भन्दा धेर समय लाग्यो। दार्जीलिङ पहाडको चारैतिर ट्राफिक समस्या गाढे घाउ भएको छ।
दार्जीलिङको ट्राफिक समस्याको समाधान गर्न यहाँको नेताहरूसंग कुनै प्लानिङ छैन योजना छैन, कहीं कतै सानो जग्गा पाए पार्किङ बनाहाल्छ। किनभने पार्किङ बनाउँदा दुई चार पैसा उठाउने काम गरिहाल्छ। दार्जीलिङ पहाडको नेताहरूले समयमा नै विचार पुराउनु पर्छ भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नेता भरत तामाङले आह्वान गरेका छन्।












