काष्ठकलाकार पवन सुब्बा बने युवाहरूको प्रेरणाका स्राेत

Share this news

काेराेना संक्रमणकाल कतिकाे लागि अभिषशाप भए पनि कतिकाे लागि वरदान साबित भएकाे छ। काेराेनाकालमा भएकाे लक डाउनकाे समयलाई सठीक सदुपयाेग गरि हाल सफल काष्ठकलाकारकाे रूपमा आफ्नाे छुट्टै परिचय गराउन सक्षम बनेका मिरिक महकुमा अन्तर्गत बुङकुलुङ बस्तीका पवन सुब्बा युवाहरूकाे लागि प्रेरणाकाे स्राेत बनेका छन्। सुब्बाले काेराेना संक्रमणकालमा भएकाे लकडाउनमा युट्युबमा काठ खाेप्न सिके अनि यत्रतत्र फालिएकाे काठकाे टुक्राहरूमा विभिन्न नामहरू खाेप्न थाले।काठ खाेप्ने क्रममा सर्वप्रथम सुब्बाले आफ्नाे रेष्टुरेन्टकाे नाम खाेपेर टाँसे।जसलाई देखेर काठमा खाेपेर नाम लेखाउनेहरू आउन थाले।यसपछि सुब्बा यसै पेशामा लागि परे अनि हाल उनी पेशागत काष्ठकलाकार बन्न पुगेका छन्। सुब्बा भन्छन् इच्छाशक्ति छ भने जे गर्न सकिन्दाे रहेछ। युट्युबबाट सिकेर नै मैले काठ खाेपेर नामहरू लेख्न थालें। विस्तारै माग र दाम दुवै राम्रो हुन थाल्याे। हाल यही पेशालाई अघि बडाएर राम्रोसँग आमदानी गरिरहेकाे छु। सुब्बाले आफूले काठमा विभिन्न नामहरू खाेप्ने जाे पाँच सयदेखि पाँच हजार रूपियाँसम्म विक्री भइरहेकाे जानकारी गराउँदै आफूले खाेपेकाे काठ भारत अनि नेपालभरिकाे विभिन्न ठाउँमा विक्री हुने गरेकाे बताए।तिनले काठमा विभिन्न नामहरू खाेप्ने कार्य सङ्गै माैरी बस्ने आधुनिक बक्सा पनि बनाउने गरेकाे जानकारी गराउँदै काठकाे काममा खुबै आनन्द लाग्ने गरेकाे बताए। सुब्बाले आफूले जानेकाे कला अरूलाई पनि सिकाउन तयार रहेकाे जानकारी गराउँदै काष्ठकलामा लागेर मजाले जीवन धान्नल सकिने बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ