World Environment Day Celebration Mirik
World Environment Day Celebration Mirik

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

Share this news

मिरिकको नारीहरूको सक्रिय सामाजिक संस्था पारिजात संघले आज मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन गर्यो। संस्थाका सचिव प्रमिला राईले सञ्चालन गरेको कार्यक्रममा मिरिक महकुमा पुलिस अधिकारी आईपीएस विनोद कुमार मिना प्रमुख रूपमा उपस्थित थिए भने मिरिक थानाका आईसी नयम चक्रवर्ती, पारिजात संघकी सभानेत्री पुनम विश्व लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।

यसरी नै स्मल फुड कार्ड एशोसिएसनका अध्यक्ष ए टी राई अनि सदस्यगण, मिरिक व्यवसाय वेलफेयर सोसाईटीका अध्यक्ष सेवन राई, घर घर लाहुरेका प्रशिक्षक विदान तामाङ, आईलभ मिरिकका अध्यक्ष आशिष तामाङ, अनि दावा तामाङ, कृष्णनगर क्लबमा अध्यक्ष अरबिन सुब्बा, मिरिक रनर इनिसिएटिभका प्रतिनिधिहरू, मिरिक व्यटमिन्टन क्लबका प्रतिनिधिहरू, भुटिया समाज मिरिक, मुस्लिम समाज, जनकल्याण समाज, मैसरी समाज, मखमली समाज, प्रगती समाज, चेली माइती समाज, मिरिक राङभाङ भेल्ली होम स्टे अनर्स एशोसिएसनका प्रतिनिधिहरू साथै वुडल्याण्ड एकाडमी अनि मिरिक एकाडमीका शिक्षक शिक्षिकागण तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मिरिक महकुमा अधिकारी आईपीएस विनोद कुमार मिनालाई संघको पक्षबाट सम्मान पनि जनाइएको थियो।

कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा पातिजात संघकी नेत्री पुनम विश्वले संघले प्रत्येक वर्ष पर्यावरण दिवस पालन गर्दै आइरहेको र यस वर्ष पनि आफूहरूले यो दिवस पालन गरेको बताइन्। उनले मिरिक पर्यटन केन्द्रको मुटु मानिने मिरिक झीललाई संरक्षण गर्ने उद्धेश्यले नै यसको वरिपरि व्यापक सफाई अभियान सञ्चाल गरेको बताइन्। उनले मिरिकलाई स्वच्छ राख्न सबै नागरिकको जिम्मा रहेको बताउदै आज आफूहरूको निमन्त्रणालाई स्वीकार गरेर आउने प्रत्येक संघ संस्था अनि नागरिकहरूप्रति आभार पनि प्रकट गरिन्।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ