पङ्खाबारी रोड कहिले मरम्मती हुने भनी जनताको प्रश्न

Share this news

खरसाङ, (निसं): खरसाङको पङ्खाबारी रोड कहिले मरम्मती हुने भनी जनसाधरणले प्रश्न र प्रतिक्षा गरिरहेका छन्‌‍। वर्तमानमा पङ्खाबारी रोड विभिन्न स्थानमा भत्किएको अवस्थामा रहेको छ। रोड भत्किएर अलकत्राको पीच उप्किएर कतिपय स्थानमा ठूलो खाल्डा बनेको छ। भत्किएको रोडमा रहेको खाल्डाको कारण चालकवर्ग, जनसाधरण, दुईचक्के सवारहरू समस्यामा परेका छन्‌‍। रोडमा रहेका यस्ता खाल्डाहरू गाड़ीले पार गर्दा गाड़ी चढ़ेका यात्रीहरू थेचारिन्दा यो रोड कहिले मरम्मती हुने हो भनी यात्रीहरू कराउदै प्रश्न गर्ने गरेका छन्‌‍।

वर्तमानमा पङ्खाबारी रोडलाई रोहिणी रोडपछिको व्यस्त रोड मानिन्छ। यो रोडमा दैनिक सैकड़ौँ गाड़ी चल्ने गर्छ। सिलगढ़ी गामी गाड़ी यसै रोडबाट पठाइने यातायत नियम छ। खरसाङ महकुमा शासकको कार्यालय, खरसाङ थाना, खरसाङ खण्डविकास अधिकारीको कार्यालय, खरसाङ सुधारगृह, खरसाङ पशु चिकित्सालय, खरसाङ खाद्य एवं आपुर्ति विभागको कार्यालय, भूमि अनि भूमि सुधार विभागको कार्यालय, खरसाङ महकुमा अदालत, खरसाङ ट्रेजरी लगायत विभिन्न विभागीय कार्यालयहरू पङ्खाबारी रोडमा रहेका छन्‌‍। यी कार्यालयका अधिकारीहरूको गाड़ी यसै रोडमा चल्ने गर्छ। यसको अतिरिक्त मिरिक, दुधे, गाड़ीधुरा, पानीघट्टा, नेपाल अनि विभिन्न स्थानबाट खरसाङ आउ-जाउ गर्ने गाड़ी यसै रोडमा चल्ने गर्छ। यस्तो महत्व बोकेको रोडको मरम्मती अहिलेसम्म नहुनुमा मानिसहरूले आश्चर्य पनि प्रकट गर्ने गरेका छन्‌‍।

पङ्खाबारी रोड खरसाङ बजारको पुरानो रेलवे प्रेस नजिकदेखि ओह्रालो विभिन्न स्थानमा भत्किएको छ भने फाटक डाँड़ाको कक्रेन प्यालेस नजिक गत वर्ष 4 अक्टोबरको घनघोर वर्षामा गएको पैह्रोको पनि अहिलेसम्म मरम्मती गरिएको छैन। यो रोडमा गाड़ी चलाउने एक चालकले रोडको अवस्थाको बारेमा दुःख प्रकट गर्दै रोड भत्किएर बनेको खाल्डाबाट गाड़ी पार गर्दै निकै होसियारी अपनाउन पर्ने, गाड़ीको स्प्रीङ भाचिने डर रहने गरेको बताए। तिनले भने, पङ्खाबारी रोड वर्तमानमा धेरै स्थानमा भत्किएको छ। रोड भत्किएर खाल्ड बनेको स्थानमा पानी जमिने गरेकाले गल्तीले गाड़ीले पानी उछिट्याएर हिँड़िरहेका मानिसलाई लागेको खण्डमा गाली खानु पर्छ। यो रोडको महत्वलाई हेरेर रोडको रखरखाउ असल हुन पर्ने हो, तर गरिएको छैन भनी दर्पणलाई बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ