गोर्खा सांस्कृतिक संस्थान् खरसाङद्वारा पहिलो वैशाख कार्यक्रम आयोजित

Share this news

गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा पहिलो वैशाखको दिन सांस्कृतिक शोभायात्रा निकालेर खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको छ।‌ यस अवसरमा गोर्खाली नयाँ वर्ष 2083 को शुभ उपलक्ष्यमा सम्बर्द्धना साथै नवोदित कलाकारहरुद्वारा मिश्रित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ। उक्त सम्वर्ध्दना कार्यक्रमको अध्यक्षता गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा पद्मश्री प्रापक पर्यावरणविद् एंव वैज्ञानिक डा एकलव्य शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा अति विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु क्रमैले डीएस दर्नाल, जीबी बल, युवराज काफ्ले आदि उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट गुरु गोरखनाथको प्रतिकृतिमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा नौमति बाजाको धुनको साथमा शुरु गरिएको थियो। कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको उदवोधन गीत प्रस्तुत गरिएको छ जसको शब्द आशा मुखिया लामाको र संगीत सहदेव चामलिङको रहेको छ। कार्यक्रममा मादले टोली तीनधारेको पक्षमा मादले गीत प्रस्तुत गरिएको थियो भने नृत्य पनि प्रस्तुत गरिएको थियो। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङले राखेकी थिइन्। यसै कार्यक्रममा सिक्किमका वरिष्ठ लोक संगीतकार एंव पद्मश्री प्रापक नरेन गुरुङ, वरिष्ठ लोक साहित्यकार शंकरदेव ढकाल, खरसाङ क्षेत्रकै सारंगीवादक प्रेम गन्धर्व र गोर्खा कर्मयोगी नारी आशा प्रधानलाई गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट सम्वर्ध्दना जनाइएको छ।‌ सबै सम्वर्ध्दितहरुलाई खदार्पणसहित शिर शोभा, सुनजडित खुकुरी र स्मृति चिन्ह प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। कार्यक्रममा सम्वर्ध्दितहरु व्यक्तित्व पद्मश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङ र आशा प्रधानले वक्तव्य राखेका थिए। यस सम्वर्ध्दना कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएकी छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ