पहाड़ तराई अनुसूचित जाति मञ्च गठन

Share this news

पहाड़ अनि तराईमा बस्ने अनुसूचित जातिद्वारा सञ्चालित विभिन्न सङ्घ-संस्थालाई लिएर खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा संयुक्त सभा सम्पन्न भयो। श्री दमाई समाजका वरिष्ठ सदस्य श्यामकुमार लोहारको अध्यक्षतामा सम्पन्न भएको सभालाई श्री दमाई समाजका मूल सचिव दिपेन सेवाले सञ्चालन गर्दै भने, आजसम्म हामी अनुसूचित जाति जति पनि पहाड़ी अनि तराई क्षेत्रमा बसोबासो गर्छौँ चाहे नेपाली भाषी होस्‌‍ चाहे हिन्दी भाषी हामी सबै नै अनुसूचित जाति कहीं न कहिँ धेरै कुराले वञ्चित भई नै रहेका छौँ। आज हामी एकै मञ्चमा आएर हाम्रो समस्याको सामाधानकेो निम्ति पहल गर्न हेतु एकत्रित भएर एउटा स्थायी रूप दिन साथै आगामी 14 अप्रेल 2026 को दिन बाबासाहेब भीमराव अम्बेडकर को 136 औँँ जन्म जयन्ती पनि भव्य अनि सभ्य प्रकारले एकत्रित भएर पालन गर्न आज यो सभा डाकिएको हो।

सभामा विगत वर्ष बाबा साहेब डा. भीमराव अम्बेडकर जयन्ती सार्वजनिक रूपमा कसरी पालन गरिएको थियो त्यसको जानकारी हरिजन कल्याण समिति तथा नर्थ बङ्गाल वेलफेयर अर्गेनाइजेशनका मूल सचिव सञ्जय राउतले गराए। तिनले विगत वर्ष गोर्खा सांस्कृतिक संस्थाद्वारा पहिलो वैशाख मनाउन हेतु राखिएको सभामा आफ्नो सुझाव राख्ने अवसर प्राप्त भएको, बाबा साहेबको जन्म जयन्ती पनि समावेश गरेर पालन गर्ने प्रस्ताव राख्दा गोर्खा सांस्कृतिक संस्थाले स्वीकार गरे बमोजिम खरसाङ्मा भएको दुइवटा हरिजन सामाज, हरिजन कल्याण समिति अनि हरिजन सहयोग समितिको संयुक्त तत्वावधानमा केक काटेर पालन गरिएको जानकारी तिनले गराए। यसरी सम्पूर्ण अनुसूचित जातिका सङ्घ-संस्थाहरुद्वारा राखिएको सभामा नर्थ बंगाल हरिजन वेलफेयर ऑर्गेनाइजेशनका अध्यक्ष शंकर रावत, हरिजन सहयोग समितिका सल्लाहकार तपेश्वर राउत अनि अध्यक्ष गौतम राउत, अखिल भारतीय अनुसूचित जाति संस्थाका सदस्य प्रणय रोका, खरसाङ सार्की सामाजका अध्यक्ष रवि तोलंगी, हरिजन कल्याण समितिका अध्यक्ष विजय राउत, सल्लाहकार रामू राउत, श्री दमाई सामाजका सदस्य राजु सेवा, नविन सेवाले वक्तव्य राखेका थिए।

सभामा सबैको सर्वसम्मति अनि सुझाव अनुसार यस वर्ष बाबा साहेबको जन्म जयन्ती भव्य रूपमा मनाउने निर्णय भयो। सभामा अनुसूचित जातिको हितमा कार्य गर्न एउटा सयुंक्त मञ्च गठन गर्ने निर्णय गरियो, जसमा सबैको सुझाउ र सहमतिमा सञ्चको नाम पार्वतीय तराई अनुसुचित जाति सयुंक्त मञ्च भनि नामकरण गरियो। यसको साथै नवगठित सयुंक्त मञ्चलाई दिगो समयसम्म सुचारु रूपले सञ्चालन गर्न हेतु यस मञ्चको केन्द्रीय समिति पनि गठन गरियो, जसमा उपस्थित सदस्यगणको सर्व सम्मतिले दिपेन सेवालाई संयोजक, रवि तोलंगीलाई अध्यक्ष चयन गरियो भने कार्यवाहक अध्यक्षद्वय शंकर रावत, गौतम राउत, मूल सचिव सञ्जय राउत, सह सचिव मनिष सेवा, अनिल कुमार वैठा, राजेश कुमार राम, धर्म कुमार रविदास , कोषाध्यक्ष दीपसिंह, सह कोषाध्यक्ष गौरी सुन्दास सेवा, सल्लाहकार अर्जुन विश्वकर्मा, नवीन सेवा, श्यामकुमार लोहार, भोला राउत, रामू राउत, ललित सुन्दास, कैलाश सेवा, राजु सेवा लगायत कार्यकारी सदस्यहरु चयन भएका छन्‌‍। सभामा कमिटी गठन भए पश्चात सर्व सम्मतिले 14 अप्रेलको कार्यक्रम सम्पन्न भए पश्चात मञ्चलाई प्रसार गर्न हेतु काम संगै, संविधान निर्माता दलित समुदायका मसिहा, ज्ञानको प्रतीक बाबा साहेब डा. भीमराव अम्बेडकरको सालिग खरसाङ्मा स्थापित गर्न सम्बन्धित विभाग तथा जीटीए प्रमुखलाई पत्राचार गरी तीव्रतापूर्वक पहल गर्ने निर्णय गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ