पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई

Share this news

तीनधारे, 12 जुलाई (हनोक): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट पत्रकारिता क्षेत्रमा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको घोषणा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा र यसै विभागको सह निर्देशक भानुकान्त घिसिङले पत्रकार सम्मेलनमार्फत् घोषणा गरेका छन्। जीटीएले पत्रकारिता क्षेत्रमा आदि पत्रकार एवं ’गोर्खे खबर कागत्’ का सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रत्येक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको छ। उक्त पुरस्कार यसपाली लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्य गर्दै आईरहेका मूल रुपमा तीनधारे निवासी एंव हाल सिलगढीका वरिष्ठ प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। जीटीएको तर्फबाट 2014 देखि अन्य पुरस्कारहरुसितै पत्रकारितामा पनि भानु पुरस्कार पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको थियो जसमा पहिलो पुरस्कार खरसाङका वरिष्ठ पत्रकार केशव प्रधानलाई प्रदान गरिएको थियो। त्यसपछि वरिष्ठ पत्रकार डीपी शर्मालाई प्रदान गरिएको थियो। त्यसरी नै 2021 देखि भने यस पत्रकारिता पुरस्कारलाई आदि पत्रकार एवं ’गोर्खे खबर कागत्’ का सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रदान गरिन शुरु गरिएको छ। आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारको रुपमा पहिलोपल्ट दार्जिलिङका वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो। त्यसरी नै पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जोयल राई (हाल दिल्ल), दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामा र खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रदान गरिसकेको छ भने यसपाली 2025 को उक्त पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार मूल रुपमा तीनधारे निवासी एंव हाल सिलगढीका वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने घोषणा भएको छ। उक्त पुरस्कारमा नगदराशि 50 हजार रुपियाँ प्रदान गरिन्छ। यो पत्रकारिता पुरस्कार प्रिन्ट मिडिया हुँदै विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिने पत्रकारहरुलाई प्रदान गर्ने गरिन्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ