हाम्रो राजनीति समाज परिवर्तनको हो, सत्ता मोहको होइन: अनित थापा

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रका 27,28 अनि वार्डहरुका प्रतिनिधिहरूसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी अध्यक्ष अनित थापाको भेटवार्ता कार्यक्रम बिहिबार दार्जीलिङ जज बजारमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा भयो। भेटवार्तामा उपस्थित वार्ड प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भइरहेका विकास कार्यहरूमा पार्टीले गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
यस अवसरमा अध्यक्ष अनित थापाले पार्टीको सङ्गठन मजबूत बनाउने आवश्यकतामा जोड दिए, साथै बीजीपीएम केवल राजनैतिक दल होइन, पहाडको नयाँ सोच पनि भएको बताए। उनले स्पष्ट पारे, हामी दलको अस्तित्वको लडाइँमा होइन, पहाडको र समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौं। चुनाव जित्ने हाम्रो रहर होइन, चुनाव जिताउने काम जनताले गर्छ। उनीहरूको सोचले चुनाव हार्ने अनि नहार्ने निर्णय गर्छ। प्रजातान्त्रिक काम, व्यवहार, सोच अनुभव गरेर नै जनताले भोट दिन्छन्।
थापाले भने,हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो, सत्ता मोहको होइन। हामी गाली गर्ने, आरोप लगाउने राजनीति गर्दैनौं। हाम्रो राजनीति व्यवहारिक, सकारात्मक र मौलिक छ। आफ्नो तातो रगत भए पनि हामी ठण्डा दिमागबाटै निर्णय लिन्छौं।
उनले विश्वास व्यक्त गर्दै भने,  दार्जिलिङ शहरको सोचमा एकदिन पार्टीको नयाँ दृष्टिकोण अंकित हुनेछ अनि त्यसैदिन पहाडको पूर्ण परिवर्तन हुनेछ। उनले सबैलाई साथै लिएर अगाडि बढ्ने आव्हान गर्दै भने, हिडौँ सँगै, पुगौँ सँगै।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ