सन्त जोसेफ महाविद्यालयमा ओरिएन्टेसन कार्यक्रम

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं): दार्जीलिङ सन्त जोसेफ महाविद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत जनाउँदै बुधबार ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरियो। दीप प्रज्ज्वलनबाट सुरू भएको कार्यक्रममा स्वागत सम्भाषण डिन डा. राधा शर्माले राखेकी थिइन् भने कार्यक्रममा प्राचार्य फादर डोनाटस कुजुरले महाविद्यालयमा पठन-पाठनको महत्त्वबारे अवगत गराउँदै अनुशासित भई राम्रो शिक्षा आर्जन गर्नु नै प्राथमिक धर्म रहेको बताए। यस्तै  कार्यक्रममा प्रशासनिक उप-प्राचार्य डा. रूपेश तिवारीले विद्यार्थीहरूलाई सफल भविष्यको कामना साथै स्वागत जनाएका थिए। यसपछि आकादमीक उपप्राचार्य फादर डा. विनय कान्डुलनाले विद्यार्थीहरूलाई महाविद्यालयका नीति नियमबारे अवगत गराएका थिए। जहाँ उनले महाविद्यालय तथा वर्तमान शिक्षा पद्धितिका नियमसँग अवगत गराउँदै विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा चाहिने कुरा ज्ञानवर्धक तरिकाले सुनाएका थिए। यसरी नै एनसीसी र एनएसएसका संयोजक दुवै कप्तान डा. धिरज ब्राह्मण र सह प्राध्यापक बलराम सापकोटाले विद्यार्थीहरूलाई एनसीसी र एनएसएस का बारे बताएका थिए।यस कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई ज्ञान, जोश-उत्साह दिने उद्देश्हरूलाई ध्यानमा राखेर आयोजना गरिएको थियो। प्राध्यापिका डा. रजनी देवानद्वारा सञ्चालित कार्यक्रममा प्राध्यापिका पार्वती राईले धन्यवाद ज्ञापन् दिएकी थिइन्। कार्यक्रममा विभिन्न विभागका प्राध्यापक प्राध्यापिका लगायत विद्यार्थीहरू उपस्स्थित रहेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान