Orientation-Program-Held-At-SKM-Office
Orientation-Program-Held-At-SKM-Office

एसकेएम कार्यालयमा स्वागत र परिचय कार्यक्रम आयोजित

Share this news

सिक्किम क्रान्तिकारी मोर्चा अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा तथा क्षेत्र विधायक तथा सल्लाहकार सञ्जित खरेलको दिशा निर्देशनमा नामथाङ रातेपानी स्थित क्षेत्रीय पार्टी कार्यालयमा नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रबाट मनोनित एसकेएम नारी शक्ति संयोजिका विन्दु राई, पञ्चायत प्रकोष्ठका उपाध्याक्ष विकास तामाङ, नारी शक्ति कार्यकारी समिति शर्मिला तामाङ तथा ठेकेदार कल्याण संघका सहसचिव प्रह्लाद गुरुङलाई स्वागत जनाउनका साथै परिचय आदान प्रदान गर्ने कार्यक्रम आयोजना गरियो। क्षेत्र अध्यक्ष नरेस सुब्बाको सभाध्याक्षतामा सम्पन्न कार्यक्रममा ओएसडी आरएस तामाङ, क्षेत्र विधायकका विशेष कार्य अधिकारी मिङमा डेन्डुप शेर्पा, खाध्य प्रसंस्करण विभागका विशेष कार्य अधिकारी अर्जुन सेंढाई, सिक्किम सरकारको पशुपालन साथै पशु चिकित्सा विभागकी अध्यक्षा डोमा लेप्चा, जिल्ला पञ्चायत अनिल शंकर, विभिन्न वार्डका पञ्चायत सभापति लगायत पञ्चायत सदस्यहरु, युवा प्रकोष्ठका संयोजक एनबी गुरुङ, युवा समन्वयक सीके सुब्बा, क्षेत्र स्तरीय महासचिव हेमकुमार क्षेत्री, सहसचिव सुनिल राई, क्षेत्र कार्यकारी समितिका सदस्य छेडुप तामाङ साथै पार्टीको युवा प्रकोष्ठ टोली साथै नारी शक्ति सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीको क्षेत्र स्तरीय कार्यकारी समितिका महासचिव हेकुमार क्षेत्रीले पार्टीको विभिन्न पदमा नियुक्त भएकाहरुको परिचय दिए। क्षेत्र अध्यक्ष नरेस सुब्बाले पार्टीमा नवनियुक्त प्रतिनिधिहरुलाई वधाइ साथै शुभकामना दिंदै पार्टीको निम्ति निःस्वार्थ भावले काम गर्न आग्रह गरे। सबैले एक भई सुनौलो, समृद्व र समर्थ सिक्किमको निम्ति एक टोली भई काम गर्नुपर्नेमा विशेष जोर दिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ