“आरनोवा”द्वारा बरिष्ठ नागरिकहरूको सम्मानमा पदयात्रा आयोजित

Share this news

बरिष्ठ नागरिकहरूलाई सम्मान गरिनपर्छ भन्ने उद्देश एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज “आरनोवा”ले राखेको छ। संस्थानकी कार्यकारी अध्यक्ष मेनका तामाङको सोचलाई कार्यरुपमा परिणत गर्दै “आरनोवा”ले बरिष्ठ नागरिकहरूको सम्मानमा आइतबार बिहान 7 बजे पदयात्रा कार्यक्रमको आयोजन गरेको थियो। सिलगढीको चम्पासरी-मिलन मोड रोडको बाबुबासाबाट थालिएको पदयात्रा जादुभिट्टाको सीमार्ट परिसरमा पुगेर मुख्य समारोहमा परिणत गरिएको थियो।

विशिष्ट नारी हस्ताक्षर तथा समाजसेवी श्रीमती सुष्मा गुरूङद्वारा अध्यक्षता गरिएको समारोहमा लेबर डिपार्टमेन्टका रिटायर्ड जोइन्ट डाइरेक्टर रबि रसाइली प्रमुख अतिथिका रुपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा आरनोवाका सल्लाहकारगण क्रमश: डा. जीवन राणा, कर्णल केशव राई, मुक्ति उपाध्याय बराललगायत समाजसेवी श्रीमती लक्ष्मी शर्मा, मन्थन नाट्य संस्थानकी प्रमुख श्रीमती सरस्वती शेर्पा, अभिनेता कृष्ण बस्नेतको उपस्थिति रहेको थियो।

समारोहमा पदयात्राका सम्पूर्ण सहभागीहरूलाई सम्बर्द्धना-पत्र प्रदान गरिएको थियो, जसको पठन संयोजिका सङ्गीता राईले गरेकी थिइन्। पुरूष पदयात्रीहरूको पक्षबाट तिरासी वर्षीय डीके छेत्रीले सिलगढीमा पहिलो पटक आयोजित कार्यक्रमको प्रशन्सा गर्दै यस्तो पदयात्रा बरिष्ठहरूलाई मात्रै नगराएर बाल-बालिका र किशोर -किशोरीलाई पनि सहभागी गराउने सुझाउ राखे। महिलाहरूको पक्षबाट श्रीमती लीला छेत्रीले महिलाहरूलाई प्राथमिकता दिने आरनोवाले आफूहरूलाई पदयात्रामा सहभागी गराएकोमा आयोजक समितिप्रति आभार व्यक्त गरिन्।

समारोहको सञ्चालन आरनोवाकी कार्यकारी अध्यक्ष मेनका तामाङले गरेकी थिइन्। महाचिव दिवाकर ढुङ्गेल शर्माले स्वागत भाषण राखेका थिए, जसमा संस्थापक तथा अध्यक्ष रुबेन गुरूङले एक वर्षीय रजत जयन्ती पालन गरिने क्रममा पदयात्रा सातौं कार्यक्रम भएको बताउँदै आगामी २८ फरवरीको दिन आठौं कार्यक्रमको आयोजन गर्ने जानकारी गराए। पदयात्रा कार्यक्रमलाई सफल पार्न उपाध्यद्वय सन्तोषमणि राई र मोहन लुइँटेल, कोषाध्यक्ष सुनिता राई, कार्यकारी सदस्यहरू सञ्जीव श्रीमल, रीना सुब्बा, अजय छेत्री, संयोजिका सङ्गीता राईलगायत अरूको योगदान रहेको थियो। यो कार्यक्रममा सहभागी हुन पाएकोमा विशिष्ट अतिथि श्रीमती लक्ष्मी शर्माले आयोजक “आरनोवा”ले गरेको प्रत्येक कार्यक्रमलाई सहयोग दिइरहने बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ