संगठनको अनिश्चितकालीन विद्यालय बन्द फिर्ता 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षक काण्ड लिएर संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बिहिबारदेखि पहाडको सम्पूर्ण विद्यालयहरु‌ अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो। यस विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ भनी
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्,पहाडको शैक्षिक धरातल कमजोर बनाउँदै यसको दायी शिक्षक-शिक्षिकालाई बनाउँने षडयन्त्रको बिरुद्धमा संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहाडको सम्पूर्ण विद्यालयहरु‌ अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो भने आज बिहिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भानु भवन दार्जीलिङको एक सभामा आफू शिक्षक-शिक्षिकाहरुको साथमा रहेको अनि नोकरी बचाउँनको निम्ति जुनै हदसम्म पनि जाने आश्वासन दिँदै विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ।
यो बोर्ड परीक्षाको मुखमा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै एवं जीटीए-का मुख्य कार्यपाल अनित थापाको आश्वासनलाई शिरोपर गर्दै यस निर्णयलाई स्थगित मात्र गरेर आगामी दिनमा पुनः यसलाई निरन्तरता दिन सक्ने  पनि बिज्ञप्तिमा जनाइएको छ। भोलिदेखि विद्यालयको सम्पूर्ण कामकाज सुचारु रुपमा चल्ने संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ