दार्जीलिङमा विजय कुमार राईको चुनाउ प्रचारमा पुगेका भागोप्रमो अध्यक्ष अनित थापाले बीजेपीसँग मानिसको विश्वास नै हराएको बताए। थापाले बीजेपीसँग भिजन अनि एजेण्डा नै छैन। उनीहरु हार्छ हामीसँग। हामी मानिसलाई भिजन देखाएर भोट माग्छौ। अरूले अनित थापाको विरोध गरेर भोट माग्छ। अहिले मान्छेहरूले टर्च लाइट मात्र पक्रने भएको छ। पहाडको कुना कुनामा टर्च लाइट बल्ने बताए। दार्जीलिङमा त्रिकोणीय फाइटमा भागोप्रमो लाई नै फाइदा छ। दार्जीलिङ्गका निम्ति भागोप्रमोका प्रार्थी विजय कुमार राईको निम्ति भोटको अपिल गरे।
थापाले बताए, मेराे कुरा स्पष्ट छ कि बंगाल विधान सभामा विधायक पठाउँदा एक शिक्षित व्यक्तिलाई पठाउनु पर्छ। बङ्गालले शिक्षालाई धेरै महत्त्वपूर्ण दिन्छ। शिक्षित विधायक पठाउनु हाम्रो निम्ति गर्वको कुरो हो। विजय राईका बीजेपी अनि आइजीजेएफका दुवै प्रतिद्वन्दीहरु कक्षा आठ पढेका रहेछन्। अब हामीले आफनो नानीहरुलाई हाम्रो विधायक कक्षा आठ पढेको भन्नु लगाउनु ? दार्जीलिङ्गलाई कस्तो व्यक्तिले नेतृत्व गरेको हेर्नु चाहन्छु ?
थापाले भने कि केवल गीत बजाएर र नारा लगाएर परिवर्तन आउँदैन। “जसले परिवर्तनको परिभाषा नै बुझेको छैन, उनीहरू परिवर्तन भन्दै कराउँदै हिँडिरहेका छन्,” उनले भने। उनका अनुसार साँचो परिवर्तन व्यक्तिको आचरण, व्यक्तित्व र विचारबाट सुरु हुन्छ, र बिजीपिएम को अभियान यही मूल्यमा आधारित छ। चुनाव नजिकिएको बेलामा मात्र परिवर्तनको कुरा गर्नु पर्याप्त नहुने उनको भनाइ थियो।
चियाबगान श्रमिकहरूको मुद्दालाई केन्द्रमा राख्दै थापाले भने कि आजसम्म श्रमिकहरूको समस्या विधानसभामा प्रभावकारी रूपमा उठाउन सक्ने विधायक पहाडले पाउन सकेको थिएन।
“श्रमिकको मुद्दा पहाडको सडकमा कराएर हुँदैन, त्यसलाई विधानसभाको भित्तासम्म पुर्याउनुपर्छ,” उनले जोड दिए।
थापाले यो पनि उल्लेख गरे कि यसपालि पहाडले दिग्गज र योग्य व्यक्तिहरूलाई आफ्नो प्रतिनिधि बनाएर कोलकाता पठाएको छ भन्ने कुरा बंगालले पनि महसुस गर्नेछ।












