Rajiv Sharma farming initiative India
Rajiv Sharma farming initiative India

प्रयोगात्मक खेतीबाट गाउँमा अवसर: राजीवको नयाँ पहल

Authored By: सञ्जय प्रधान  

Share this news

रोजगारी र अवसरको खोजीमा धेरै युवा शहर र विदेशतिर लागिरहेका बेला पश्‍चिम सिक्किमका राजीव शर्माले भने आफ्नै गाउँको माटोलाई भविष्यको आधार बनाएका छन्। प्रयोगात्मक खेती, वाइन उत्पादन र जैविक कृषि मार्फत उनी आफू मात्र आत्मनिर्भर बनेका छैनन्, गाउँमै रोजगारी सिर्जना गर्ने अभियान पनि अघि बढ़ाएका छन्।

अहिले हाम्रो क्षेत्रमा बढ़ीजस्तो नगदेबालीमा ध्यान दिन्छन्। नगदेबालीले कृषिखेतीको जमिन बाँच्नसक्छ”

इन्द्रलाल शर्मा र पूण्यमाया शर्माका छोरा राजीव शर्मा दक्षिण सिक्किमको जोरथाङमा जन्मिए र पश्‍चिम सिक्किमको ही-बर्मेकमा हुर्किए, बढ़े। गान्तोक तादोङस्थित बहाई स्कूलमा १० कक्षासम्म पढ़ेर १११२ पश्‍चिम सिक्किमको ही-याङ्थाङमा पढ़े। कलकताको आशुतोष कलेजबाट स्नातक गरे, तर सरकारी नोकरीतर्फ खासै चासो देखाएनन्, बरु आत्मनिर्भर बन्ने बाटो रोजे। सानो हुँदा भविष्यमा यस्तो वा उस्तो बन्ने भन्ने खासै सपना थिएन, तर बाल्यकालमै मामाघरको खेतीपातीले ध्यान खिचेको थियो।

सानोमा आमाको माइत गाउँ दक्षिण सिक्किमस्थित लिङ्गी पायोङमा मामाघर जान्थे। त्यहाँ पुस्तैनी खेतमा गाई चराएको हेर्थे, खेतबाट ग्वाली लैजाँदा भैंसीको पछाड़ि बसेर जान्थे। मामाको घरमा गाईको दूधको कुराउनी खाँदै रमाइलो गरेको उनी सम्झिन्छन्। खेतबारीका कान्ला र डाँड़ामा कुदेर खेल्दै प्राकृतिक वातावरणमा हुर्किएका राजीवले खेतीपातीबारे प्राकृतिक ज्ञान पाएका हुन्।

राजीव भन्छन्, ‘‘सानोमा जुन कुराले रमाइलो भएको थियो, मलाई त्यही चाहिन्थ्यो।’’ कलेज सकेपछि बाल्यकालको रमाइलो सम्झनाको खेतीपातीले तानेर आफ्नै गाउँ फर्कायो। खेती शुरु गर्नुअघि उनले अन्य सेल्फ हेल्प ग्रुपले बनाएको किवी, गुराँस र नसपातीको वाइन बोटलिङ गरेर गान्तोकतिर लगेर बिक्री गर्थे। स्वादमा गुनासो आउन थालेपछि कमी महसुस गरेर वाइनसम्बन्धी पुस्तकहरू पढ़्न थाले। त्यसपछि आवश्यक उपकरण किनेर सन् २०२२ देखि आफैं वाइन बनाउन थाले।

शुरुमा अन्य कृषकबाट फल र गुराँस किनेर वाइन बनाउँथे। उनका अनुसार, २०२२ मा गुराँसको वाइन निकै राम्रो भयो। सन् २०२०२१ को कोभिड-१9 लकडाउनदेखि घरकै बारीमा किवी, गुराँस र पुरानो नसपाती रोपेका छन्। ज्यमीर र मेल पनि रोपेका छन्। अब मेलको चुक बनाउने तयारीमा छन्। लप्सी रोपेर यसको पाउडर बनाई रेस्टुरेन्टमा बिक्री गर्छन्। टिम्बुर गाउँबाट किनेर बाहिर पनि बिक्री गर्छन्। उनको खेती तीन ऐकर जमिनमा फैलिएको छ।

सिक्किममा ठूलो मात्रामा डल्ले खुर्सानी उत्पादकहरूमा उनी अग्रपंक्तिमा आउँछन्। डल्ले खुर्सानी खेती गर्न चार ऐकरका दुईवटा जमिन लिजमा लिएको राजीव बताउँछन्। गत वर्ष सन् २०२५ मा रातो डल्ले खुर्सानी पाँच टन (पाँच हजार केजी) बिक्री गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘‘डल्ले खुर्सानीमा एक प्रकारको रोग लागेको हुँदा यसको उपचार खोज्न निक्कै समय लाग्यो।’’ डल्ले खुर्सानीको पिकल र भेनिगरमा भिजाएको बढ़ी जसो रेस्टुरेन्टहरूमा पठाइने उनी बताउँछन्। उनका अनुसार, डल्ले खुर्सानी अगस्तदेखि जनवरीसम्म हुनेगर्छ। गत वर्ष डल्ले खुर्सानीमा रोग लागेकाले ३० प्रतिशत मात्र रोप्न पाएको उनको भनाइ छ।

उनी भन्छन्, ‘‘हामीले ४५ हजार विरुवा रोपेका थियौं। एउटा विरुवाले दुई किलोसम्म दिन्छ। हामीले एकै किलोको हिसाबले पनि ४० देखि ४५ टन निकाल्ने सोचेका थियौं। रोगले कम्ति भयो। प्रत्येक दुई दिनमा दुई सयदेखि तीन सय किलो टिप्थ्यौं।’’

कृषि खेतीमा सिक्किमको कृषि विभागबाट धेरै सहयोग हुने गरेको राजीव बताउँछन्। उनी भन्छन्, ‘‘कृषि विभागले हामीलाई उपकरणहरू र औषधीहरू दिन्छ।’’ उनका अनुसार, डल्ले खुर्सानी बढ़ी उत्पादन भएकाले कृषि विभागले गाड़ीको व्यवस्था गरिदिएको थियो। उत्पादनको समय सकिएपछि सो गाड़ी विभागलाई फर्काइयो।

  ‘‘वाइन बनाउन मैले आफै पढ़ेर सिकेँ, तर कतिवटा कुरा पढ़ेर पनि सकिनँ। कारण यो मेरो कार्यक्षेत्र पनि थिएन, सब्जेक्ट पनि थिएन। सन् २०२२ मा गुराँसको वाइन मात्र राम्रो भएको थियो। गाउँबाट आरुचा, नसपाती, किवी पनि किनेँ, तर तीनवटाकै वाइन राम्रो भएन’’, उनी भन्छन्, ‘‘किवीको लागि एकजना सिपालु हातको आवश्यकता थियो। खोज्दै जाँदा नेपालका एकजना वाइन बनाउने सिपालु व्यक्तिसित सम्पर्क भयो। उनी वाइन बनिञ्जेलसम्म बसेर बुझाए। यसपछि सन् २०२३ देखि सबै राम्रो भएको छ।’’

उनले ही-बर्मेकमा सिम्पू फार्मर्स वाइनेरीस्थापित गरेका छन्। यो फार्म पूर्ण रुपले कृषिखेतीसँग जोड़िएको छ।

सिक्किममा वाइनको लाइसेन्सबारे दिँदै राजीव भन्छन्, ‘‘हाम्रोमा यहाँ दुई किसिमको लाइसेन्स छ- एउटा होममेड वाइन र डिस्टिलरीको छ। होममेड वाइन लाइसेन्सबाट हामीले इभेन्टहरू, होमस्टे, बिहे, बर्थडे पार्टीहरूमा मगाए बिक्री गर्नसक्छौं। तर कुनै वितरकको माध्यमबाट र अफशपमा बिक्री गर्न पाइँदैन। हामी डिस्टिलरी लाइसेन्सको प्रोसेसमा छौं।’’ आउँदो दिनमा वाइन उद्योगको तयारी छन् उनी। यसको निम्ति उनले आरओ प्लान्ट, वाइनेरी ट्यांक तीनवटा राखेका छन्।

कृषिखेतीबाट उत्पादित सुकाएको डल्ले खोर्सानी, सिल टिम्बुर, लप्सीको पाउडर बाहिर पठाउँछन्। उनको खेती पूर्ण रुपले जैविक प्रणालीमा रहेको छ। खेतीका लागि मलको व्यवस्था उनले छुट्टै किसिमले गरेका छन्। यसका लागि गाई पालेका छैनन्, तर गाईको गोठ बनाइदिएका छन्- कारण घाँस उनीसित छ। आफ्नो जमिन नभएकाहरू जसले गाई पाल्छन् उनीहरू गाई त्यहीँ राख्छन्, र त्यसको मल खेतमा प्रयोग हुन्छ। राजीवका अनुसार, खेतीमा हाइब्रिड बीऊ प्रयोग गरिँदैन, बाजेको पालाको खेतीकै बिऊबाट उमार्दै त्यसैको नयाँ बिऊ तयार गरिन्छ। यसको लागि उनले रोटेसन अर्थात चक्र मिलाएका छन्।

राजीवले कृषिखेतीबाट रोजगार पनि सृजना गरेका छन्। डल्ले खुर्सानीका लागि पाँचजना कार्यरत छन्, यस्तै वाइनका लागि समयअनुसार कर्मचारी राख्छन्। उनले लगभग ३० जनाका लागि रोजगार सृजना गरेका छन्। यसबाहेक आफ्नो क्षेत्र वरिपरिबाट खेतमा उत्पादित फलहरू, टिम्बुर, गुराँस, आरु, आरुचाहरू किनेर व्यापार बढ़ाइरहेका छन्। अझ सबैको खेती बढ़ोस् भन्ने उनको सपना छ। वाइनेरी पर्यटन विस्तार गर्ने र पर्यटकहरूले सो क्षेत्रका फलहरूको स्वाद लिन सकून् भन्ने एउटा भिजनमा छन्।

अहिले बिस्तारै कृषिखेतीको जमिन घट्दै गइरहेको छ। यसलाई कसरी बचाउन सकिन्छ भन्नेबारेमा राजीव भन्छन्, ‘‘मुख्य कुरा मार्केट नै हो- कारण रोपेर बिक्री भएन भने, र त्यसले पैसा साटेको छैन भने कसैले पनि रोप्ने कुरा आउँदैन। अहिले हाम्रोमा युवा किसानहरू छन्- हामी सँगै बसेर के रोप्दा पैसा आउँछ भन्ने सल्लाह गर्दै रोप्न थालेका छौं। अहिले हाम्रो क्षेत्रमा बढ़ीजस्तो नगदेबालीमा ध्यान दिन्छन्। नगदेबालीले कृषिखेतीको जमिन बाँच्नसक्छ।’’

आफ्नो घरमा सागसब्जीहरू घरकै फार्मको प्रयोग गर्छन् भने फलहरू पनि फार्मकै चलाउँछन्। राजीव फलखेती अनि आमा बाबुले बढ़ी सब्जी खेतीमा चासो राख्छन्। राजीवकी श्रीमती दिव्य बस्नेत आरडीडीडीमा जुनियर इन्जिनियर हुन्, उनले धेरै हौसला दिन्छिन्।

खेती केवल जीविकोपार्जन मात्र होइन, सम्भावना र रोजगारीको ठूलो आधार पनि हुनसक्छ भन्ने राजीवको प्रयासले देखाएको छ। उनको सपना केवल आफ्नो सफलता मात्र होइन- गाउँमै सम्भावना र रोजगारीको नयाँ बाटो खोल्नु हो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ