दार्जीलिङ पहाड़मा अवसरवादीहरूले सपाप्त हुने: अजय एडवर्ड्स

Share this news

बिजनबारी,17 जनवरी(निसं): शुक्रबार बिजनबारी खेल मैदानमा आईजीजेएफ- को समर्थन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। यसदिन कार्यक्रम अध्यक्ष मोहन सुब्बा अनि प्रमुख अतिथी अजय एडवर्ड विशिष्ट अतिथीहरु सदर-1 दार्जीलिङका सभासद प्रतिम सुब्बा, एनबी खवास, गोपाल परियार, चुङथुङ मेरीबुङ तामसाङ समष्टि सभापति महेन्द्र राई, भीम सुब्बा अन्य उपस्थित थिए। सूर्य कुमार राईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथी अजय एडवर्डले दार्जीलिङ पहाड़मा अवसरवादीहरूले सपाप्त गरिरहेको जनाए भने गोरामुमो, क्रामाकपा, गोजमुमो आदि क्षेत्रिय पार्टीहरू भाजपाको कारणले सक्दै गइरहेको उनले बताए। यसरी नै बिहार, आन्ध्र प्रदेश, तमिलनाडु जस्तो राज्यहरुमा पनि भाजपाले क्षेत्रीय पार्टीहरुलाई हराइसकेको अवगत गराए। आज दार्जीलिङ पहाड़मा गोरामुमोलाई बीजेपीले दयनीय अवस्थामा पुर्‍याइसकेको आईजीजेएफ प्रमुख एडवर्डले आरोप लगाएका छन्। यसपल्ट मिथुन चक्रवर्ती र हेमा मालिनी जस्तोहरुलाई भोट दिनु हुँदैन भनी उनले सुझाव दिए। अब बीजेपी-ले गोर्खा जातिलाई झुक्याउनु सक्दैन र गोर्खा दाजु-भाईहरुले पनि अब  बीजेपी-को
षडयन्त्र बुझ्नु पर्छ भनि उनले आह्वान गरे। सिक्किम राज्यमा पनि मुख्यमन्त्री पीएस गोलेलाई  बीजेपीले दिल्लीको अरविन्द केजरीवाललाई जस्तो जेल हाल्नु नपरोस् भनेर धम्क्याएको उनले जनाए। त्यस समय नेपाली भाषी एमपी,एमएलए किन मौन बस्यो भनि उनले प्रश्न गरे। यस पल्ट सबै गोर्खा दाजुभाई अनि दिदी-बहिनीहरुले बुझ्नु पर्ने अनुरोध अनि सुझावहरु उनले राखे। यसदिन समर्थन कार्यक्रममा आईजीजेएफ-माभाजपा, बीजीपीएम,गोरामूमोबाट लगभग 4 सय जना सामेल भए। नयाँ  सदस्यहरूलाई खादा लगाएर आईजीजेएफ-को झण्डा पनि एडवर्डले प्रदान गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ