Ajay Edwards road inauguration Takdah
Ajay Edwards road inauguration Takdah

बस्नेत गाउँमा बाटोको उद्घाटनः नरिवल, काम सकेर मात्र फुटछ: एडवर्डस

Share this news

जनताको नरिवल, काम सकेर मात्र फुटछ, यो भनाइ इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस हो। तकदाह टिष्टा भ्याली समष्टिको बस्नेत गाउँका गाउँलेहरूले विगत धेरै अघिदेखि आफुहरूको गाउँ जाने बाटोको निर्माण गरिदिने राज्य सरकार,जिल्ला प्रशासन,सम्बंधित विभागीय अधिकारीहरूसंग संगै क्षेत्रीय जीटीए सरकारलाई बारम्बार अर्जी पत्रहरू चढाउदै आइरहेको भएता पनि कुनै प्रकारको सुनवाई नहुँदा गत केही महिना अघि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस समक्ष गुहार लगाउँदा उनले श्रमदानद्वारा बाटोको निर्माण गरिदिने वचन दिए। संयोजक अजय एडवर्डसले बाटो निर्माण गर्ने वचन दिएको केही दिनभित्रमा नै सिमेन्ट आदि जस्ता जरूरी सर-समाग्रीहरू बस्नेत गाउँ पठाई दिए। बस्नेत गाउँको गाउँलेहरू बाटोको निर्माण कार्यमा लागि पर्यो, अहिले बस्नेत गाउँसम्म बाटो पूगेको छ।

बस्नेत गाउँका समाज तथा गाउँलेहरूको उपस्थितिमा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसको बाहुलीद्वारा बाटोको विधिवत उद्घाटन गरियो। बस्नेत गाउँका गाउँलेहरूको बाक्लो उपस्थितिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसले नरिवल फुटाउँदै यो बाटोको निर्माण कार्यमा बस्नेत गाउँका दिदी बहिनी, दाजु भाइ सबै खटेर निर्माण कार्य पूरा भएको छ। स्पष्ट भन्ने हो भने यो बाटोको निर्माण कार्य जनताले गरेको हो अनि जनताको नरिवल काम पूरा भएपछि मात्र फुटछ भन्दै तिनले नरिवल फुटाएर नव निर्माण बाटोको उद्घाटन गर्यो।दार्जीलिङ पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरू तथा जीटीएको चौकीमा बस्नेहरूले पहाडको धेरैवटा गाउँ बस्ती, चिया बगान, शहर बजार आदि क्षेत्रहरूमा बाटो निर्माण गर्ने, सार्वजनिक भवन निर्माण गर्ने,पूल निर्माण गर्ने,भवन निर्माण गर्ने धेरै नरिवलहरू फुटाए।

तर बाटो, पूल, सार्वजनिक भवन केही निर्माण भएन, केवल जनताको आखाँमा धूलो हाल्ने कामहरू मात्र गरेको छ। सत्ताधारी पार्टीको नेतृत्वहरूले निर्माणको लालच देखाउदै फुटाएको नरिवलहरूको कुनै हिसाब छैन।तकदाह टिष्टा भ्याली समष्टिको जनताहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसलाई भव्य स्वागत जनाउँदै अजय एडवर्डस जिन्दाबाद, आइजीजेएफ जिन्दाबाद आदि जस्ता नाराहरू लगाए। यसैक्रममा आईजीजेएफ तकदाह टिष्टा भ्याली समष्टि अध्यक्ष बेनहर राईले बस्नेत गाउँ जाने बाटो थिएन,यहाँका मानिसहरू बिमार भएको खण्डमा बोकेर सडकमा निकाल्न पर्थ्यो।यस क्षेत्रका मानिसहरूले बाटोको निर्माण गरिदिने राज्य सरकार,जिल्ला प्रशासन,क्षेत्रीय जीटीए सरकारलाई धेरै पटक गुहार लगाउँदै आएको भए तापनि कुनै सुनवाई नगर्दा यहाँका मानिसहरू हतास भई सकेका थिए।

त्यसै बिच इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस समक्ष यहाँको अवस्थाहरू बारे अवगत गराउँदा उनले बाटोको निर्माण गरिदिने वचन दिएका थिए अनि बाटोको निर्माण कार्य आज पूरा भएको छ। अजय एडवर्डस कुनै बोर्ड तथा सरकारमा छैन तर पनि उनले आफ्नो गोजीको पैसा लगाएर बस्नेत गाउ जाने बाटोको निर्माण कार्य पुरा गरिदिएका छन्। हामी समस्त बस्नेत गाउँका मानिसहरू धेरै खुशी छौं। अजय एडवर्डसले मात्र दार्जीलिङ पहाड तथा गोर्खाहरूको समस्यालाई समाधान गर्न सक्छ बेनहर राईले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ