Open football tournament to be held in Okiti from 16th November

ओकाइटीमा 16 नोभेम्बरदेखि ओपन फुटबल प्रतियोगिता हुने

Share this news

क्लब युनाइटेड बोइज क्लबद्वाराओकाइटी चियाबारीमा 16 नोभेम्बरदेखि ओपन फुटबल प्रतियोगिता हुने भएको छ। मिरिकको फुटबल क्यालेन्डरमा प्रतिष्ठित यस प्रतियोगिता गत दुइ वर्षदेखि लगातार रुपमा फुटबलको चरम उत्कृष्टता अनि प्रतिस्पर्धाका निम्ति दर्शकहरुबीच प्रचलित रहेको छ। यस वर्ष अझ व्यापक प्रतिस्पर्धा अनि स्थानीयसहित नेपालका फुटबल टोलीहरुको उपस्थितिले प्रतियोगितालाई अझ महत्वपूर्ण बनाउने छ। यहाँको क्रिकेट ग्राउन्डमा हुने यस फाइभ साइड फुटबल प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफीसहित अस्सी हजार नगद प्रदान गरिनेछ भने उपविजेता दललाई ट्रफी सहित चालिस हजार नगद प्रदान गरिने घोषणा गरिएको छ। आयोजक क्लबको तर्फबाट जानकारी गराउने क्रममा प्रवक्ता अर्पण राईले ओकाइटीमा फुटबलको गरिमापूर्ण इतिहास रहेको बताउँदै यस प्रतियोगिताले वर्तमानमा पनि क्षेत्रमा फुटबलप्रतिको चासो बढाउने जानकारी गराए। यसका साथै उनले प्रतियोगिताको आयोजनले स्थानीयहरुलाई खेलप्रति प्रेरित गर्नु रहेको बताए। राईले प्रतियोगितामा भाग लिन चाहने टोलीले क्लबलाई चाँडै सम्पर्क गर्ने पनि बताए। यसका लागि इच्छुक फुटबल टोलीहरूले 9339498573, 9832771507, 9733223395 अनि नेपालका टोलीहरूले 9775723149 9816986710 मा सम्पर्क गर्न सक्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड