Open football tournament to be held in Okiti from 16th November

ओकाइटीमा 16 नोभेम्बरदेखि ओपन फुटबल प्रतियोगिता हुने

Share this news

क्लब युनाइटेड बोइज क्लबद्वाराओकाइटी चियाबारीमा 16 नोभेम्बरदेखि ओपन फुटबल प्रतियोगिता हुने भएको छ। मिरिकको फुटबल क्यालेन्डरमा प्रतिष्ठित यस प्रतियोगिता गत दुइ वर्षदेखि लगातार रुपमा फुटबलको चरम उत्कृष्टता अनि प्रतिस्पर्धाका निम्ति दर्शकहरुबीच प्रचलित रहेको छ। यस वर्ष अझ व्यापक प्रतिस्पर्धा अनि स्थानीयसहित नेपालका फुटबल टोलीहरुको उपस्थितिले प्रतियोगितालाई अझ महत्वपूर्ण बनाउने छ। यहाँको क्रिकेट ग्राउन्डमा हुने यस फाइभ साइड फुटबल प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफीसहित अस्सी हजार नगद प्रदान गरिनेछ भने उपविजेता दललाई ट्रफी सहित चालिस हजार नगद प्रदान गरिने घोषणा गरिएको छ। आयोजक क्लबको तर्फबाट जानकारी गराउने क्रममा प्रवक्ता अर्पण राईले ओकाइटीमा फुटबलको गरिमापूर्ण इतिहास रहेको बताउँदै यस प्रतियोगिताले वर्तमानमा पनि क्षेत्रमा फुटबलप्रतिको चासो बढाउने जानकारी गराए। यसका साथै उनले प्रतियोगिताको आयोजनले स्थानीयहरुलाई खेलप्रति प्रेरित गर्नु रहेको बताए। राईले प्रतियोगितामा भाग लिन चाहने टोलीले क्लबलाई चाँडै सम्पर्क गर्ने पनि बताए। यसका लागि इच्छुक फुटबल टोलीहरूले 9339498573, 9832771507, 9733223395 अनि नेपालका टोलीहरूले 9775723149 9816986710 मा सम्पर्क गर्न सक्ने बताए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन