Only the IGJF will solve the problem
Only the IGJF will solve the problem

आइजीजेएफले मात्रै गोर्खाहरूको समस्या समाधान गर्ने किटान

Share this news

दार्जीलिङ पहाड तराई डुवर्समा मात्र होइन देशको विभिन्न राज्यहरूमा पनि गोर्खा जन शक्ति फ्रण्टको गठन हुन थालेको छ। यसैक्रममा सोमबार कनार्टक राज्यको बैंग्लोरमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको शाखा गठन गरिएको छ। बैंग्लोरको मार्थलीमा दीपक थापाको अध्यक्षतामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभामा यो शाखा गठन गरिएको हो। सभामा गोर्खा समुदायका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। धेरै लामो चर्चा परिचर्चापछि पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालिन समस्यालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र समाधान गर्न सक्छ भन्ने विषयमा विश्वस्त भएपछि कनार्टक राज्य शाखा गठन गरिएको हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा पार्टीको केन्द्रीय संयोजक अजय एडवडर्सको हातलाई दरिलो बनाउन पार्टीमा सामेल हुने समर्थकहरूलाई श्रद्धा लगाउँदै पार्टीमा स्वागत जनाउने कार्य भयो। विगतका दिनहरूमा पनि धेरै राजनैतिक दलहरूलाई समर्थन गरेर ती राजनैतिक पार्टीहरूको आदेश र निर्देशलाई शीरोपर राखेर काम गरेका थियौं। तर ती राजनैतिक पार्टीहरूले पहाड तराई डुवर्स तथा भारतीय गोर्खाहरूको हितमा कुनै काम गर्न सकेनन्, गोर्खा जातिको उन्मुक्ति गर्न सकेनन्। दार्जीलिङ पहाडमा अहिले पनि धेरै राजनैतिक दलहरू छन् अनि उनीहरूले आ-आफ्नो प्रकारले कार्यहरू गर्दै आइरहेका छन्। उनीहरूको कार्यक्रमहरू बारे हाम्रो भन्नु केही छैन तर इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालिन मांग साथै गोर्खाहरूको सुरक्षा गर्न सक्छ भन्ने विषयमा विश्वस्त भएको कार्यकर्ताहरूले बताए। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट सत्तामा छैन, र पनि पहाड तराई डुवर्स तथा समस्त गोर्खाहरूको हितमा निःस्वार्थ भावले काम गर्दै आइरहेको छ। स्पष्ट भन्नु पर्दा अजय एडवडर्सले आफ्नो गोजीको पैसाले जनहित कार्यहरू गर्दै आइरहेका छन्। पहाड तराई डुवर्सलाई अहिले राजनैतिक कालो बादलले ढाकेको छ, यस्तो अवस्थाबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र जोगाउन सक्छ। त्यसैले अब यो पार्टीका केन्द्रीय संयोजक अजय एडवडर्सको हातलाई दरिलो बनाउन पदाधिकारीहरूले बताए। सभाको संचालन कुन्दन राईले गरेका थिए भने विधान थापा, निमा भुटिया, विकाश लामा आदिले वक्तव्य राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ