सिंग्रीताममा पेटुनिया फुलखेती माथि एक दिने प्रशिक्षण शिविर सम्पन्न 

Share this news

पेशोक: 18 दिसेम्बर(निसं): तक्दाह-ग्लेनबर्न समष्टि अधीनस्थ रहेको सिंग्रीताम ग्राम पञ्चायतको वार्ड नम्बर  पाँचको सिंग्रीताम प्राथमिक पाठ्शाला प्राङ्गणमा मंगलबार पेटुनिया फूलखेती माथि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो, जसको जानकारी सांसद पाँचका सदस्य धिरज राईले दिए। यसबारे सष्य राईले जनाए अनुसार, करुणा सिचेन भारतको तर्फ बाट उक्त एक दिने पेटुनिया फूल खेती माथि प्रशिक्षण आयोजना गरिएको हो भने यो महिना उक्त फूलको निम्ति निक्कै उपयोगी रहेको कारण ड्बल पेटुनिया फूलको विरुवाहरु पनि वितरण गरियो। पेटुनिया कुन प्रजातिको फूल हो भन्दै यसको खेती गर्दा कुन कुन कुरा अनि माटो र मलको के कस्तो प्रकारले प्रयोग गरिनु पर्छ भन्नेबारे उक्त प्रशिक्षण शिविरमा मिरिक थर्बु चियाबारीका धिरज नर्सरीका धिरज राई अनि सुमिरण नर्सरीबाट राजेन राईले सहज अनि सरल तरिकाले व्यावहारिक ज्ञान प्रदान गरे।
यहाँको पर्यावरणलाई नियाल्दा अर्किट फूलको खेती फष्टाउने प्रबल सम्भावना रहेको उक्त शिविरमा बताउदै फूल खेतीमा पैसा, आमदानी र सम्मान पनि रहेको बताए। अब पहाड्का बेरोजगार युवा जमातले फूल खेतीमा मन बनाए प्रसस्त आय हुने बताए।फूल खेती प्रती युवाहरुको मन नबनाए नेपाल अधिराज्यको सुर्य उदय नगरपालिका फिक्कल र इलामले विश्व बजारमा अधिकार जमाउने शिविरमा प्रशिक्षकले ठोकुवा गरे।
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) क्षेत्रको तक्दाह-ग्लेनबर्न समष्टिको सिंग्रीताम क्षेत्रमा फूल खेतीबारे मन मात्र बनाउन पर्ने भन्दै यसको लागि मल यथेष्ट मात्रामा पाइने शिविरमा बताइएको थियो भने ती फूल उद्यमीहरुको निम्ति धिरज नर्सरी अनि सुमिरण नर्सरी सदैव खुल्ला रहेको उपस्थित प्रशिक्षणमा आएका फूल उद्यमीहरुलाई हौसलासंँगै उत्साह प्रदान गरिएको संसद राईले दर्पणलाई जानकारी गराए।
बुधबार सम्पन्न उक्त एक दिने पेटुनिया फूल खेती माथि आयोजित प्रशिक्षण शिविरमा सांसद पाँचका सदष्य एवं कृषि एवं पशु विकास सम्पदा विभागीय सञ्चालक धिरज राई, करुणा सिचेन भारत सिंग्रीताम ग्राम पञ्चायतका बीएससी अध्यक्ष धिरज राई, पञ्चायत मोटिभेटर जैनन राणा, सुधाकर छेत्री, एवं शिवाणी छेत्री आदिको उपस्थिति रहेको जनाउदै प्रशिक्षण शिविरमा लगभग चालीसजना फूल उद्यमीहरुको बाक्लो उपस्थिति रहेको सदस्य राईले थप जानकारी दिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ