Mirik agriculture development
Mirik agriculture development

​बुङकुलुङमा एक दिवसीय आधुनिक मौरी पालन प्रशिक्षण शिविर सम्पन्न

Share this news

​ बुङकुलुङ हनी एण्ड एग्रो प्रोसेसिङ इन्डस्ट्रियल को-अपरेटिभ सोसाइटी लिमिटेडको तत्वावधान तथा एग्रीकल्चर टेक्नोलोजी मेनेजमेन्ट एजेन्सी (आत्मा), मिरिकको सहयोगमा एक दिवसीय मौरी पालन प्रशिक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।​शिविरमा आधुनिक मौरी पालनका विभिन्न प्राविधिक पक्षहरूबारे विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए। प्रशिक्षकका रूपमा मुकेश तामाङ असिस्टेन्ट डाईरेक्टर अफ एग्रीकल्चर, मिरिक ब्लक, अर्पण लामा डेपुटी डाइरेक्टर अफ एग्रीकल्चर, खरसाङ सव-डिभिजन, अशलिसा खाती ब्लक टेक्नोलोजी मेनेजर, मिरिक, दिपंकर प्रसाद असिस्टेन्ट टेक्नोलोजी मेनेजर, मिरिक, शरण थापा: बी.टी.एम., मिरीक ब्लक थिए।​

प्रशिक्षण शिविरको सञ्चालन बुङकुलुङ हनी एण्ड एग्रो प्रोसेसिङ इन्डस्ट्रियल को-अपरेटिभ सोसाइटी लिमिटेडका भाइस चियरमेन एन.बी. लिम्बुले गरेका थिए। कार्यक्रमको शुरुवातमा अर्पण लामाले स्वागत सम्बोधन गर्दै कृषकहरूका लागि मौरी पालनको महत्त्व र यसका आधुनिक प्रविधिबारे प्रकाश पार्नुभएको थियो।​शिविरको अन्त्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रोत्साहित गर्न विशेष सामग्रीहरू वितरण गरियो। एग्रिकल्चर टेक्नोलोजी मेनेजमेन्ट एजेन्सी (आत्मा), मिरिक ब्लकद्वारा ​मौरी काट्दा वा मह निकाल्दा प्रयोग गरिने सुरक्षित टोपी , ​प्रशिक्षण सफलतापूर्वक पूरा गरेको प्रमाण-पत्र प्रदान गरिएको थियो।​यस प्रशिक्षणले स्थानीय कृषकहरूलाई परम्परागत शैलीबाट माथि उठी वैज्ञानिक ढंगमा मौरी पालन गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न ठूलो मद्दत पुग्ने विश्वास सोसाइटीका भाइस चियरमेन एन.बी. लिम्बुले व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ