on-teaching staff member
on-teaching staff member

अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुलाई दिइयो विदाइ

Share this news

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुलाई एक समारोह बीच बिदाइ गरिएको छ। उक्त बिदाई समारोहको अध्यक्षता विद्यालयकी शिक्षिका प्रभारी रञ्जना प्रधानले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बु उपस्थित रहेका थिए। शिक्षिका सञ्जुली छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रममा सञ्चालन शिक्षकद्वय देवेन मंगर र सुप्रेम छेत्रीले गरेका थिए। यस बिदाइ कार्यक्रममा शिक्षकद्वय भास्कर थापा र विशालमणि प्रधानले कविता वाचन गरेका थिए‌। त्यसरी नै स्वयम गजमेर, शिक्षक सुप्रेम छेत्री साथै विद्यार्थीहले सामुहिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए।‌ यस बिदाइ समारोहमा सुकचन्द्र लिम्बुको जीवनी पठन शिक्षक देवेन मंगरले‌ गरेका थिए। कार्यक्रममा लिम्बुले वक्तव्य राखेका थिए भने सभाध्यक्ष प्रभारी शिक्षिका रञ्जना प्रधानले अध्यक्षीय सम्भाषण राखेकी थिइन्। अवकाशप्राप्त लिम्बुले सन् 1997 मा किरानीको पदमा विद्यालयमा नियुक्ति पाएका थिए भने 28 वर्ष 5 महिना 19 दिन काम गरेर प्रधान किरानीबाट 28 फरवरी 2025 मा अवकाशप्राप्त गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ