गोर्खा जनपुस्तकालयमा भाषा मान्यता दिवस पालन

Share this news

गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा नेपाली भाषा मान्यता दिवस समारोह साथै सम्मान् विभिन्न पुरस्कार अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त समारोहको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षता र खरसाङ महाविद्यालयको प्राध्यापक एवं वरिष्ठ साहित्यकार डा. योगेस खातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।‌ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र पूर्व चेयरम्यान समीरदिप ब्लोन उपस्थित रहेका थिए। शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेकी कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको सचिव विनोद रसाइलीले राखेका थिए।‌ कार्यक्रममा समर्पित भाषा शिक्षक सम्मान सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली भाषाकी शिक्षिका मिना लामा राईलाई प्रदान गरिएको छ।‌ यसै कार्यक्रममा कवि गोष्ठी पनि सम्पन्न भएको थियो, जसमा कविहरु क्रमैले महेन्द्र स्याङ्बो, बालकृष्ण थामी, प्रभात राई चिसो, प्रियंका देवान, द्वारिका छेत्री, मन्दिरा रावत र प्रदीप शेर्पाले कविता वाचन गरेका थिए‌।‌ कार्यक्रममा भाषा र भाषाको अवस्थामाथि निरज थापाले वार्ता प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड