नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा भाषा मान्यता स्मृति दिवस विविध कार्यक्रमको साथमा आयोजना गरिएको थियो। समितिका अध्यक्ष जोक चामलिङद्वारा अध्यक्षता गरिएको अनि रामाकृष्ण रङ्गम़ञ्चमा आयोजित कार्यक्रममा गोर्खाल्यान्ड राज्य आन्दोलनका एक सक्रिय सचेतक र अधिवक्ता प्रभाकर देवान प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथि सभासद हेमन्त राई, हरिश मोक्तान अल्लारे, फानुस सादा लेप्चा, तारा लोहार लेप्चा, जैन लेप्चा अनि अन्यान्य थिए। यसैक्रममा चुढामणि दाहालको चर्चा परिचर्चा नामक कृतिको विमोचन पनि गरियो। क्रमशः लेखक र चलचित्र निर्देशक अरूण रसाइलीलाई सम्बर्द्धना गरियो। यसैक्रममा नाटक……………………………………. र भीरको चिन्डोको प्रदर्शन गरिएको थियोे। समितिका सचिव बलभद्र शर्माले भाषामाथि बोल्दै स्वागत भाषण प्रस्तुत गरेको कार्यक्रममा सामाजिक सञ्जालको फाइदा विषयमा तर्क प्रतियोगिता राखिएको थियो। क्लुनी कलेज पक्षमा र कालेबुङ कलेज विपक्षमा थियो। प्रतियोगिताको अध्यक्षता जेबी राईले गरेका थिए। जीवन लेप्चा, दावा घिसिङ, रत्न कुमार फुयेल, स्वर्णिम धमा लामा, अञ्जु छेत्री निर्णायक रहेको प्रतियोगितामा टाइमकीपर प्रा. नवीन पौडेल रहेको जानकारी चन्द्रकला राईले दिएकी छिन्।
नेसाअ समितिद्वारा भाषा मान्यता स्मृति दिवस
- Post author:admin
- Post published:August 30, 2025
- Post category:देश
- Post comments:0 Comments
Tags: Kalimpong