दृष्टिः

Share this news

पाञ्चायन प्रतिबिम्ब ‘पञ्च-स्रोत’ का महारथी कविवर दीपसेन लामा
   –तिलक लम्साल

यसै त आफू सशरीर उपस्थित हुन नसके तापनि श्रद्धेय दीपसेन लामाज्यूको दुर्घटनामा परि असामायिक मृत्यु भएको खबर सुन्दा जति दुःखी भएको थिएँ त्यस भन्दा बढी दुःखी उहाँको मित्र रिपेन नामदु‌को संस्मरणात्मक लेख भावोद्गार पढ़दा बनें। हो, अहिले घड़ी म मतिगढ़ा गोर्खा कल्याण सङ्घद्वारा आफ्नो २५ वर्षको कार्यकाल विषयमा प्रकाशित पाञ्चायन प्रतिबिम्ब रजत जयन्ती मुखपत्रलाई आफ्नो पारामा मनन गर्दैछु।
लेखभित्रका हरफहरूमा दीपसेन लामाज्यूका विशेषताहरू स्पष्ट थाह लाग्छ। लेख पढ्दै जाँदा भेटिन्छ, विशेषत ‘एस पी’ शब्दको गाँठोलाई उनले पहिलो पल्ट जुन ठाउँमा प्रस्तुत गर्नु भएको छ त्यही ठाउँदेखि नै ‘एस पी’ चाहिँ के हो, यसको पूरा अर्थ के हो भन्ने जिज्ञासा हरेक पाठकलाई हुन्छ। यो, ‘एस पी’ शब्दलाई शुरूमा उनले उठाएर अन्ततिर पुऱ्याई यस्तो ठाउँमा लगी गाँठो फुकाल्नु भएको छ, सत्य रूपमा भन्दा त्यस ठाउँले हरेक संवेदनशील पाठकलाई पढ्दा पढ्दै स्तब्ध पार्छ, अन्तरबाट दुःखी बनाउँछ।
प्रस्तुत लेखको अर्को विशेषता पनि छ, सो के भने लेखकले दीपसेन ज्यूको आन्तरिक विषयका कुराहरूलाई जसरी उपस्थापन गर्नुभएको छ, त्यो हेर्दा लेखक रिपेन नामदुङ्गज्यूको कलम गद्यभन्दा पद्यमा अर्थात् कवितामा बढ़ी सक्रिय छ भन्ने मलाई लाग्छ। उनका लेखाइमा गद्यका हरफहरू बिम्ब प्रधान कविता भन्दा कम पटक्कै छैन।
मन्दिर परिदर्शन गर्दाको आफ्नो अनुभव अघि ल्याइ, मतिगढ़ा तुम्बाजोतमा अवस्थित ‘पशुपतिनाथ शिव पाञ्चायन मन्दिर’ निर्माणको शैलीबारेमा कलम दौड़ाउँदै समाजसेवी बुद्धदेव देवानज्यूले भीड़भित्र आफ्नो छुट्टै पहिचान बचाउने क्रममा मन्दिर निर्माणको प्यागोडा शैलीबारेमा राम्रो चर्चा गर्नुभएको छ।
आगामी दिनहरूमा हाम्रा युवा पिँढीहरू अघि आएर हाम्रा धरोहरहरूलाई सुरक्षा नदिए हाम्रो परिश्रमको फल अरुहरूले चाख्ने छन् भन्दै श्री देवानले युवा पिँढीहरूलाई अघि आइदिने अनुरोध गर्नुभएको छ।
मन्दिर कै परिदर्शनपछिका आफ्ना अनुभव विषयमा श्रद्धेय नन्दलाल रसाइलीज्यूको बयान पनि
अति नै चाखलाग्दो बनिएको छ।
पत्रिकाको विशेषताहरूमा भन्नु पर्दा एउटा मुख्य विषय हर हिसाबको सर्व साधारणलाई जानकारी अत्यन्तै महत्वपूर्ण छ। मतिगढ़ा गोर्खा कल्याण सङ्घले हर हिसाब बारेको जानकारी सदस्यहरूमाझमा मात्रै सिमित नराखी सर्वसाधारणहरू अघि पनि योग्य देखाउने परम्परा अत्यन्तै ग्रहणयोग्य छ। यसले सङ्घको हिसाब पत्रको पारदर्शितालाई अघि ल्याउँछ र सर्व साधारणहरुको विश्वासको ढोका उघार्छ।
नेपाली भाषा मान्यताको ३३ वर्षपछि नै भए तापनि सर्वप्रथममा सिक्किम राज्यका माननीय मुख्यमन्त्री श्रद्धेय प्रेमसिंह तामाङज्यूको सरकारी अधिसूचना नेपाली भाषामा जारी गर्ने महत्वपूर्ण निर्देश अनि लगत्तै पछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले पनि प्रमुख कार्यपाल श्रद्धेय अनित थापाज्यूले पनि सरकारी अधिसूचनाहरू नेपाली भाषामा प्रकाशन गर्ने निर्णय साँच्चै स्वागतयोग्य छ। नेपाली भाषा प्रयोग विषयको आफ्नो लेखमा श्रद्धेय दीपसेन लामाज्यूले यस्ता गहन कुराहरू उल्लेख गरि लेखको ऐतिहासिक महत्व विस्तार गर्नु भएको छ।
हामी नेपालीहरू अर्कोको अनुसरण गर्नमा खप्पिस छौं। आफ्नो छाडेर हामीलाई सधैं अर्काकै रीतिथीति र संस्कृति अँगाल्न मन पर्छ भन्दै नेपाली समाजको अपरिपक्वतामाथि दुःख प्रकट गर्दै श्रद्धेय कला कौशिक भट्टराई ‘भाषा संस्कृति र नेपाली समाज’ विषयको आफ्नो लेख अघि सार्छिन् । आफ्नो लेखलाई अझ दीर्घाकृत पार्दै उनी लेख्छिन् नेपाली भाषाको ठेटीपन प्रयोग नहुने विषयले गर्दा आज हाम्रो भाषा प्रयोग र सिकाइको गुणस्तर निम्नमुखी हुँदै गएको उदाहरणको रूपमा ‘साइनो र सम्बन्धहरू’ नभनिएर सबैले ‘गाइज’ भन्दै भाषा प्रयोगमा विकृति फैलाईरहेका छन् भनी सामाजिक सञ्जालका सामग्रीहरुमाथि गत्तिलो ब्यङ्ग प्रहार गरेकी छिन् ।
उहिले र अहिलेको मतिगड़ा बजारको तुलनात्मक सर्वेक्षण प्रस्तुत गर्दै चित्र शिल्पका बेजोड़ हस्ती श्रद्धेय सन्तोष प्रधानज्यू जो यस मुखपत्रको प्रकाशक पनि हुनुहुन्छ, उहाँ लेख्नु हुन्छ, उहिलेको मतिगढ़ा बजारको रमरमाहट अहिलेको बढ्दो जनसङ्ख्या र महानगर सिलगढ़ीको दूत विकासले गर्दा हराउँदै गइरहेछ। हाट भर्न आउने मान्छेहरूले किन्ने सर समानहरूको एउटा लामो सूची उल्लेख गर्दै मतिगढ़ा बजारसितको आफ्नो धेरै पुरानो नातालाई सुन्दर रूपमा उपस्थापन गर्नु हुन्छ ।
प्रस्तुत मुखपत्रले एउटा छुट्टै आकर्षणको रूपमा श्रद्धेय कविवर स्वर्गीय दीपसेन लामाज्यूलाई ‘पञ्च स्रोत’को रूपमा अघि ल्याएर ठूलो आसन प्रदान गरेको छ। प्रथममा नेपाली भाषा विषयमा दीपसेन लामाज्यूको स्वयम्‌को लेख, दोस्रोमा भावोद्गार शीर्षकमा कविवर रिपेन नामदु‌को श्रद्धेय दीपसेन लामाज्यूको सम्झना ताजा पार्दै लेख्नुभएको संस्मरणात्मक घटनाक्रम अनि तेस्रोमा दीपसेन लामाज्यूले वरिष्ठ साहित्यकार अध्यापक युवराज काफ्ले सरको सविस्तार परिचय विषयको लामो लेख प्रस्तुत गर्नुभएको भेटिन्छ।
यसरी नै चौथो स्रोतमा दीपसेन लामाज्यूप्रति श्रद्धाञ्जलि दिँदैको ममता लामाज्यूको एउटा स्वलिखित कविता छ, अनि पाँचौँ स्रोतको रूपमा स्वयम् कवि दीपसेन लामाज्यूको आफ्नो कविता. ‘म मरेपछि’ प्रकाशन गरि स्वर्गीय दीपसेन लामाज्यूलाई मतिगढ़ा गोर्खा कल्याण सङ्घले आफ्नो कलमी श्रद्धाञ्जलि प्रदान गरेर आजीवन जीवित राख्ने काम गरेको छ। एउटा साँचो घटनालाई जस्ताको त्यस्तै रूपमा प्रस्तुत गर्दै श्रद्धेय शकुन देवानले ‘महाशिव रात्री, गौरी र म’ शीर्षकको आफ्नो संस्मरणमा मौरीको झुण्डले लगातार हमला, भागाभाग र ताण्डवलाई यथार्थ रूपमा अघि ल्याएका छन्। मुखपत्रका लेखहरूमध्ये यो लेखलाई एउटा विशेष स्तरमा उभ्याउन सकिन्छ। संस्मरणमा यथार्थ घटना, अनि घटनामा भुक्त भोगी स्वयम् लेखिका भएको हुँदा लेखको छुट्टै मर्यादा रहेको देखिन्छ।
मतिगढ़ा गोर्खा कल्याण सङ्घसितको आफ्नो लगाव, आफ्नो सम्झना व्यक्त गर्दै लेखेका श्रद्धेय बी. डी. तामाङज्यू, श्रद्धेय बी. बी. थापाज्यू, पङ्कज रसाइलीज्यू र श्रद्धेया अनु शर्माज्यू आदिका स्तरीय र मानक लेखहरू सबैले इतिहासका खुराकहरु प्रस्तुत गर्न सफल हुनुभएको छ।
मुखपत्रमा रहेको श्रद्धेया देविका थापाज्यूको एउटा मात्रै, छोटो र मीठो रूपमा प्रस्तुत अङ्ग्रेजी लेखले आफ्नो छुट्टै स्थान ओगट्न सफल भएको छ। यसबाहेक मुखपत्रमा रहेका एउटा स्वागत गीत, एउटा गजल सहित आठ वटा प्रकाशित कविताहरूको मान स्तर आफ्नो ठाउँमा उच्च रहेको छ। मुखपत्रमा, छनौट गरि लिइएका चारवटा विशेष व्यक्तिहरुका विषयका अन्तर्वार्ताहरू मुखपत्रको गहना भई धेरै सूचना प्रदान र तथ्य प्रदान सामग्रीहरु पस्कन सफल भएको छ। मुखपत्रमा सचिव सन्तोष प्रधानज्यूको सचिवको प्रतिवेदन हेर्दा मतिगढ़ा गोर्खा कल्याण सङ्घको क्रियाकलापहरूको सविस्तार स्वरूप स्पष्ट देखिन्छ।
मुखपत्रभित्र, आदरणीय शिशिरकुमार गुरुङज्यूको अर्ध प्रकाशित संस्मरणात्मक लेखले मिठास दिँदै गर्दा बीचैमा धागो चुँडिएको चङ्गा मैं बनायो। मन्दिर निर्माणको गर्भे कथा जस्तो अत्यन्तै महत्वपूर्ण संस्मरणात्मक लेख कुन कारणले अधुरै प्रकाशन गर्नु पर्यो, सम्झंदा अन्तरबाट विस्वाद बनेको छ। ‘असममा नेपाली भाषा मान्यताको इतिहास’ विषयमा एउटा दह्रो पुस्तक लेख्ने र प्रकाशित गर्ने इतिहासकारको लेख कुन कारणले
अधुरो रह्यो, फेरि प्रति दुःख लाग्यो। मतिगढ़ा गोर्खा कल्याण सङ्घ ले भविष्यमा निकाल्ने यस मुखपत्रको अङ्कहरूमा फेरि यसको रहल भाग प्रकाशित गरिदिने अनुरोध राख्दछु।
मतिगढ़ा तुम्बाजोतमा घर बनाएर थुप्रै पल्ट दुःखी बनेका तीनधारेका बासिन्दा, रेल विभागमा कार्यरत श्रद्धेय प्रकाश छेत्री दाईले मतिगढ़ामा घर बनाएकोमा आजकल दुःख लाग्दैन भनेर, लिखित भनाइ पोखेका कुराले मतिगढ़ा गोर्खा कल्याण सङ्घको कार्यकर्ताहरूको सक्रियता र नेपालीपनको विस्तार र प्रयोगको विषयलाई स्पष्ट रूपमा परिलक्षित पार्दछ।
लेख्दा लेख्दै एउटा सत्य कुरो भनि हालौं, मैले “पाञ्चायन सप्तर्षि” नामको पुस्तक पनि प्रकाशित रूपमा छ अनि यसमा मतिगढ़ा तुम्बाजोत, पञ्चायन मन्दिरसित गाँसिएका “पाञ्चायन गोर्खाश्री सम्मान” प्रापक सातजना महानुभावहरूको कर्म विवरण प्रस्तुत छ भन्ने कुरा विशिष्ट नाटककार तथा सङ्गीतकार अध्यापक मुक्तिप्रसाद उपाध्यायज्यूको लेख पढ़दा मात्रै थाह पाएँ। यसै त पुस्तकको प्रति आफूले नदेखे तापनि मुक्ति सरको लेख पढ़दा यथायोग्य विषयको जानकारी प्राप्त हुन्छ। गुरुवर मुक्ति उपाध्याय सरले सप्तर्षिका सातै व्यक्तिहरूको सक्दो परिचय प्रस्तुत गरेका छन्।
सांस्कृतिक अन्वेषण विषयको गहन विषयमा कलम चलाउँदै लेखिका श्रद्धेया स्नेहा गौतमले खम्बु संस्कृतिको चाखलाग्दो पत्रलाई उठान गर्दै मङ्गपा वा शामनको महत्वपूर्ण भूमिका विषयमा लेख प्रस्तुत गर्नु भएको छ। किराती जनजातिका वंशज राई समुदायका मानिसहरूका विषयमा लेख्दै ‘चिन्ता’ को विषयमा राम्रो चर्चा उठाउनु भएको छ। चिन्ताको समयमा पुर्खाहरूको आत्माहरू आफ्नो आशीर्वाद र मार्गदर्शन प्रदान गर्न जीवित व्यक्तिहरूमा भ्रमण गर्छन्। ‘थुथुरी वेद’ भनेर चिनिने मौखिक तर पवित्र परम्पराहरूको संरक्षण विषयमा गहन चर्चा प्रस्तुत गर्नुभएको छ ।
मुखपत्रको अध्ययनको क्रममा एक क्षण कोल्टे फेर्ने, अब पत्रिकामाथि आफ्नो छड्के नजर प्रस्तुत गर्दै केही लेख्नै पर्छ नभए मुखपत्रको समीक्षा सन्तुलन बिग्रन्छ।
मुखपत्रको शुरूमै माननीय अध्यक्ष महोदयको शुभेच्छा शुभकामना पत्रमा अध्यक्ष महोदयको नाम नदेख्दा अचम्म लाग्यो। यसै त सङ्घको अध्यक्ष मात्र भनेर पनि शुभेच्छा छाप्न मिल्ने कुरो हो तर ‘फोटो’ छापिसक्दा नाम त हुनुपर्ने हो। नभए फोटोको मान्छे को हो? भन्ने प्रश्न उठ्छ। अध्यक्ष महोदयको नाम न शुरूमा छ, न त अन्तमा । यो मुखपत्र परिवारको ठूलो कमजोरी देखा पर्यो।
मुखपत्रको सम्पादकीय लेख्दै सम्पादक स्वयम्‌ले यस प्रकाशनलाई पत्रिकाको रूप दिएर स्पष्ट रूपमा मुखपत्र भनिसक्दा मुखपत्रमा प्रकाशित शुभकामना सन्देशहरूले मुखपत्र नभनेर, घरि स्मारिका, घरि पत्रिका, घरि मुखपत्र भनिदिँदा एकरूपतामा अभाव ख‌ट्किन्छ। यसरी नै मुखपत्रको प्रकाशकीयको शीर्षकमा मुखपत्र लेखि पृष्ठको अन्तमा मुखपत्र लेखि बन्धनीभित्र स्मारिका लेखिँदा मुखपत्र र स्मारिकामा रहेको विशाल अन्तर स्पष्ट नभएको पाठकलाई लाग्न सक्छ। स्मारिका भन्दा विशेष अवसरमा, कुनै स्मरण प्रधान र सीमित पाठकको निम्ति निकालिन्छ, जब कि पत्रिका नियमित (तोकिएको समयमा) अथवा समसामयिक रूपमा र व्यापक पाठकको निम्ति निकालिन्छ।
अब पच्चीस बर्षमा निस्केको भए तापनि प्रधान सम्पादक महोदयले स्मारिका नभनेर पत्रिका भनि किटान गरिसक्दा हामी पाठकले पत्रिकाको पहिलो अङ्क भनी स्वीकार्य भएको र अब अर्को अङ्कको प्रतीक्षा गर्नु पर्छ। तर दुई स्वतन्त्र विषयलाई मिसाउनु भएन।
यसै पनि ‘विषय-सूचि’ र पत्रिकाको भित्रका लेखहरूमा रहेका पृष्ठ सङ्ख्या पनि एकै छैन। हुनु पर्ने होइन ? मुखपत्रमा रहेका समाचार पत्रका विभिन्न कटिहरूले सङ्घको क्रियाकलापको इतिहासलाई बोकेको छ। सुझावको रूपमा सङ्घका सदस्यहरूको नामको सूचीमा फोन नम्बर पनि भएको भए सुनमा सुगन्ध देखिने थियो कि!
मुखपत्रमा दिइएको रोड म्यापको चित्रको निम्ति प्रकाशक तथा चित्र शिल्पी सन्तोष प्रधानज्यूलाई विशेष धन्यवाद दिनु पर्छ।
अन्तमा मुखपत्रमा प्रकाशित पत्रिकाका प्रधान सम्पादको श्रद्धेय गुरूवर युवराज काफ्लेद्वारा लिखित सम्पादकीय आफै आफ्‌मा बेजोड़ रूप लिएर अघि आएको छ। अध्यापक युवराज काफ्ले सरद्वारा लिखित सम्पादकीय छोटो र गहन रूपमा जति गहिरिएर अघि आएको छ, उति नै सम्पादकीयको शीर्षक पनि अति आकर्षक बनेको छ ।
ठहर्छ। सर्वान्तमा भन्दा, मुखपत्र एउटा मानक रूप लिएर एउटा दस्तावेज बनिएको कुरा खुल्ला रूपमा स्वीकार्य
राष्ट्रिय युवा दिवस


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ