LPG cylinder shortage
LPG cylinder shortage

सिक्किममा एलपीजी अभाव छैन, कालोबजारी र होर्डिङविरुद्ध कडा कारबाहीको निर्देशन

Share this news

सिक्किमका प्रहरी महानिरीक्षक (DGP) अक्षय सचदेवाले राज्यभर एलपीजी सिलिन्डरको कृत्रिम अभाव सिर्जना गर्ने प्रयासविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएका छन्। उनले सबै जिल्लाका प्रहरी अधीक्षक (SP), उप–विभागीय प्रहरी अधिकृत (SDPO) तथा थाना प्रभारी (SHO) हरूलाई तत्काल कारबाही गर्न आदेश दिएका हुन्।

राज्यका विभिन्न स्थानबाट एलपीजी सिलिन्डर होर्डिङ (भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गर्ने), बजारमा सिलिन्डर नपाइने अवस्था, बोक्ने मजदुरहरूले अतिरिक्त शुल्क लिने तथा घरेलु एलपीजी सिलिन्डर होटल र रेस्टुरेन्टमा प्रयोग गरिरहेको सम्बन्धमा आएका गुनासोपछि डीजीपीले यस्तो निर्देशन जारी गरेका हुन्। डीजीपी सचदेवाले सिक्किममा वास्तविक रूपमा एलपीजीको कुनै अभाव नभएको स्पष्ट पार्दै केही व्यक्तिहरूले कृत्रिम अभाव सिर्जना गरेर सरकारको छवि बिगार्ने प्रयास गरिरहेको बताए।

प्रहरीलाई क्षेत्रीय निरीक्षण गर्ने, नियमित जाँच अभियान सञ्चालन गर्ने, सिलिन्डरको उचित वितरण सुनिश्चित गर्ने तथा होर्डिङ, अवैध रूपमा आपूर्ति मोड्ने वा अत्यधिक मूल्य असुल्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गर्न निर्देशन दिइएको छ। यस अभियानको अनुगमन प्रहरीका वरिष्ठ अधिकारीहरू, जसमा डीआईजीहरू तथा प्रहरी महानिरीक्षक (कानुन तथा व्यवस्था) समेत रहेका छन्, उनीहरूले गर्ने जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ