गोर्खा जातिलाई अजय एडवर्डसले मात्र पार लगाउन सक्छ:गुरूङ। गोर्खाको अभिभावक हुँ भन्ने बिमल गुरूङले पार्टी कार्यकर्तालाई भाजपाको झण्डामा चुनावी मैदानमा उतार्नु दुर्भाग्य पूर्ण: याल्मो इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र गोर्खा जातिको समस्यालाई समाधान गर्न सक्छ यो भनाई नितेश गुरूङको हो।गोर्खा जनमुक्ति मोर्चाको गठनकालदेखि नै नितेश गुरूङ मोर्चामा सक्रिय रूपमा काम गर्दै आएका थिए।गत केही दिन अघिसम्म उनी गोजमुमोमा सक्रिय थिए तर पश्चिम बंगाल विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चाको कार्य देखेर उनी पार्टीदेखि अलग भएका थिए अनि आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भए।स्थानीय पार्टी कार्यलयमा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले नितेश गुरूङलाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाए।यसैक्रममा नितेश गुरूङले इण्डियन गोर्खा जनशक्ति फ्रण्टले अहिले गोर्खा जातिको मुद्दालाई इमान्दारिताको साथ अघि बढाउदै लाँदैछ।
अजय एडवर्डसको कार्यलाई समस्त पहाडबासीहरूले विगत धेरै अघिदेखि नियाल्दै आइरहेको छ।गत 2007 मा गोर्खा जनमुक्ति मोर्चाको गठन भएको हो अनि म त्यही समयदेखि मोर्चामा एक सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएको हो।गोर्खा जातिको उत्थान अनि दमन दुवै मैले देखेको छु,जति बेला गोर्खा जनमुक्ति मोर्चाको जीटीए,विधायक,सांसद सबै थोक थिए त्यस समय पनि म मोर्चामा थिए अनि जति बेला गोर्खा जनमुक्ति मोर्चाको अवस्था धरापमा परेको थिए त्यस समयमा पनि म सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै थिए।
म संग राजनैतिक अनुभवहरू धेरै छ,रूपियाँ पैसा हेरेको भए म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुन सक्थे,भारतीय जनता पार्टीमा जानु सक्थे तर इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र गोर्खा जातिलाई पार लगाउन सक्छ भन्ने मैले बुझेर नै म यस पार्टीमा सामेल भएको हो।हामी युवाहरूको भिजन म जनता समक्ष राख्न चाहन्छु,त्यसकारण युवाहरूको भिजन राख्ने मौका पार्टीको नेतृत्वहरूले हामीलाई दिनु पर्छ गुरूङले भने।अजय एडवर्डसको सबै भन्दा मलाई मन पर्ने भनेको विषय म माटो पनि छोड्दिन अनि बाटो पनि छोड्दिन वहाँको यै कुरादेखि प्रभावित भएको हो।
अजय एडवर्डसले गोर्खाल्याण्डको मुद्दालाई पार लगाउन सक्छ भन्ने विषयमा म आशावादी छु।अब हुने बंगाल विधानसभाको चुनावमा म आईजीजेएफको पक्षबाट सक्रिय रूपमा खटनेछु भन्दै गुरूङले वाचा गर्यो।यसरी नै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको रंगबुल धोतरिया समष्टि अध्यक्ष वाङछुक याल्मोले नितेश गुरूङ गोर्खा जनमुक्ति मोर्चाको रंगबुल धोत्रे समष्टि महासचिवको पदमा कार्यरत थिए।गोजमुमोको उनी भिमसेन ढुंगा जस्तो भएर जाति र माटोको निम्ति केही हुन्छ कि भनेर बसेका थिए तर हिज अस्ति मात्र गोजमुमोले भाजपासंग गठबन्धन गरेपछि गोर्खा जाति र माटोको निम्ति उनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको हो।
गत 2009 देखि पहाडबासीले भारतीय जनता पार्टीलाई समर्थन गर्दै सांसद दिँदै आएको भएता पनि आजसम्म भाजपाले केही नगर्दा समस्त पहाडबासी भाजपादेखि रूष्ठ छन् अनि त्यही रूष्ठता नितेश गुरूङसंग पनि रहेको छ।गोजमुमो प्रमुख बिमल गुरूङले आफुले आफुलाई गोर्खाको अभिभावक रहेको दावी गर्छ,भारतीय जनता पार्टीलाई पहाडमा ल्याउने उनी नै हुन तर आज उनले आफ्नो पार्टीको झण्डा थन्काएर भाजपाको झण्डामा आफ्नै पार्टीको नेतृत्वलाई भाजपाको झण्डामा चुनावी मैदानमा उतार्नु यो भन्दा ठूलो लज्जितको कुरा शायद अरू हुनै सक्दैन योल्मोले बताए।












