ममता सरकारले चियाबारी श्रमिकहरूलाई विभिन्न योजनाबाट वश्चित गरेको निर्मलाको आरोप

Share this news

नयाँ दिल्ली (निसं): पश्चिम बङ्गालको ममता ब्यानर्जी सरकारले राज्यका चियाबारी श्रमिकहरूलाई विभिन्न सरकारी सहुलियतहरूबाट वञ्चित गरेको छ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारम णले यस्तै आरोप लगाइन् ।
बुधवार लोकसभामा वित्त विधेयक २०२६ सम्बन्धी बहसको जवाफ दिँदै तिनले भनिन्, तृणमूल कङ्ग्रेस सरकारले चियाबगानका श्रमिकहरूमाथि अन्याय गरिरहेको छ। तृणमूल कङ्ग्रेस सरकारले राज्यका ३ लाख ७९ हजार चिया श्रमिकहरूलाई सरकारी सुविधा र योजनाबाट वञ्चित राखेको आरोप तिनले लगाइन्। तिनले तृणमूल कङ्ग्रेस सांसदहरूतिर सङ्केत गर्दै भनिन्, गरीबीको सीमामा रहेका चिया श्रमिकहरूलाई तपाईंहरूले न्याय दिनुभएको छैन। बजट छुट्याइएको थियो, त्यसको प्रयोग किन भएन ?

आउँदो विधानसभा चुनाउमा उत्तर बङ्गालको चियाबारी क्षेत्रका भोटको लागि तृणमूल र भाजपा दुवै दलले जोड़दार प्रयास गरिरहेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बङ्गाल भ्रमणमाझ नै लोकसभामा वित्तम न्त्रीको यस्तो भाषणको राजनीतिक उद्देश्य रहेको धेरैको मत छ। केन्द्र सरकारले सन् २०२१ को केन्द्रीय बजटमा प्रधानमन्त्री चिया श्रमिक प्रोत्साहन योजनाअन्तर्गत असम रपश्चिम बङ्गालका महिला चिया श्रमिक तथा उनीहरूको परिवारका बालबालिकाको शिक्षाको लागि १ हजार करोड़ रुपियाँ छुट्याएको थियो। यस वर्षको बजटमा सो कोषको अवधि अझ एक वर्षको लागि बढ़ाइएको छ। भाजपाले यसअघि नै उक्त कोषको सदुपयोग नभएको आरोप लगाएको थियो।

वित्त विधेयकको बहसको जवाफमा निर्मला सीतारमणले मोदी सरकारका सुधार कार्यक्रम हरूको सफलताको उल्लेख गर्दै भनिन्, भारत सुधार एक्सप्रेस चलिरहेको छ, सुधारहरू दृढ़तासित कार्यान्वयन भइरहेका छन्। सरकारले एमएसएमई, कृषक र सहकारी क्षेत्रलाई सशक्त बनाउन विभिन्न कदम चालेको छ किनभने तिनीहरू नै रोजगारी सिर्जना, उत्पादन र भारतको समग्र विकासको प्रमुख आधार हुन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ