The foundation stone of the construction of a new road from Naxal to Jaljale
The foundation stone of the construction of a new road from Naxal to Jaljale

नक्सलदेखि जलजलेसम्म पुग्ने नयाँ बाटो निर्माणको शिलान्यास

Share this news

कालेबुङ जिल्लाको ४४ नम्बर समष्टि अन्तर्गत सिन्काेना क्षेत्रकाे नक्सलदेखि जलजलेसम्म पुग्ने नयाँ बाटो निर्माणका लागि शिलान्यास गरिएको थियो। २.१० की.मी. दुरीको लागत रुपियाँ १,५५,५०, ६०७.६५ रहेकाे सडक डब्ल्यु.बी. एस. आर. डी. ए., कालेबुङ डिभिजन मार्फत उक्त बाटाे निर्माण भइरहेकाे छ।
वर्षौंदेखि प्राकृतिक बाधा र बाटोघाटोको अभावले ग्रस्त यो गाउँका बासिन्दाहरूका लागि यो परियोजना नयाँ जीवनको सुरुवात बन्ने विश्वास गरिएको छ। हिन्दु धर्म परम्परा अनुसार पण्डितद्वारा पूजा-अर्चना गरेपछि भष्मेका वरिष्ठ नागरिक आसवास तामङकाे बाहुलीबाट रिबन काटेर शिलान्यास गरियो। भष्मे गाउँको कष्टकर जीवन
सिन्काेना बगानमा अवस्थित यस गाँउमा वर्षभरि नै बाटोको हाहाकार थियो।
गाउँभित्र गाडी पुग्न सक्दैन, जसले गर्दा बिरामीहरूको ज्यान जोखिममा पर्छ। स्कूल जाने बालबालिकाहरू पैदल आउजाउ गर्न बाध्य थिए भने श्रमिकहरु पनि दिनहुँ पैदल नै काममा जाने गरपरहेका थिए। दैनिक सामान किन्न वा स्वास्थ्य जाँचका लागि पनि छिमेकी गाउँसम्म पुग्न धेरै समस्याहरुकाे सामना गर्नपरिरहेको थियो। स्थानीय वासिन्दाका अनुसार, “बाटो नभएकोले गाउँ अलग-थलग छ, विकासको सपना अधुरो छ।” यो नयाँ बाटोले यी समस्याहरूको स्थायी समाधान हुनेछ।
भष्मे गाँउ निवासी आशराज तामाङकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख सहभागीहरूले गाउँका समस्या र समाधानबारे विस्तृत मन्तव्य राखे।
यो कार्यक्रम प्रमेश शर्माकाे कुशल सञ्चालनमा सम्पन्न गरिएको थियो। प्रमुख अतिथि सभासद अमर छेत्रीका साथ विशिष्ट अतिथिहरूमा पीआरओ गाेरुबथान विरन गुरुङ, गाेरुबथान पञ्चायत समति कर्मध्यक्ष साेनम लेप्चा, कर्म ध्यक्ष देवराज सुब्बा, प्रधान दावा लमु शेर्पा, पञ्चायत सदस्य सन्ताेष तामाङ,  साङ्गे शेर्पा,  भोगप्रमाे युवा माेर्चाबाट बिक्की सुब्बा, बिकास छेत्री,  बिश्वास गुरुङ, निकाश छेत्री  र कन्ट्रयाक्टर रमेश अग्रवाल लगायत अभिनेत्री अनि समाजसेवी अमृता सुब्बाको उपस्थिति रहेको थियो। यो बाटो निर्माणले नक्सलदेखि भष्मे हुँदै जलजले गाउँका सयौं परिवारको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ