GNLF New member Join
GNLF New member Join

गोरामुमो केन्द्रीय कार्यालयमा नयाँ सदस्यहरूको बढ्दो आकर्षण र सम्मिलन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा नयाँ सदस्यहरू जोडिने क्रम निरन्तर जारी रहेको जानकारी पार्टी मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। पछिल्लो समय विशेषगरी युवावर्ग तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको गोरामुमोप्रति आकर्षण बढ्दै गएको बताइएको छ।

सै क्रममा गोरामुमो कालेबुङ ब्लक–३ अन्तर्गत ४३, ४४ र ४५ नम्बर समष्टिबाट उल्लेखनीय संख्यामा युवाहरू पार्टीमा आबद्ध भएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङ को प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा ब्लक–३ संयोजक रितिश भुजेल, केन्द्रीय समिति सदस्य भक्त जैरु तथा शंकमणि राईलगायत नेताहरू उपस्थित रहेका थिए।

कार्यक्रममा अध्यक्ष मन घिसिङले नवप्रवेशी सदस्यहरूलाई खदा लगाएर स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। साथै, पार्टीको संगठनात्मक मजबुती र जनआधारित विस्तारप्रति सबैलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरेका थिए।

यस अवसरमा ब्लक–३ संयोजक रितिश भुजेलले ४३ र ४४ नम्बर समष्टि सफलतापूर्वक गठन गरिएको जानकारी दिँदै कालेबुङ क्षेत्रमा गोरामुमोको संगठन तीव्र गतिमा विस्तार भइरहेको बताए। उनले नवगठित समष्टिका प्रतिनिधिहरूले आज दार्जीलिङस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष मन घिसिङसँग भेटघाट गरी संगठन विस्तार, जनसम्पर्क तथा आगामी रणनीतिबारे गहन छलफल गरेको जानकारी पनि दिए।

रितिश भुजेलका अनुसार कालेबुङ क्षेत्रमा गोरामुमोप्रति जनविश्वास दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। “गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोर्खा जातिको पहिचान र अधिकारको मुद्दा बोकेर अघि बढिरहेको दल हो। जबसम्म जीटीएजस्तो अंसवैधानिक व्यवस्था खारेज भई संवैधानिक व्यवस्था लागू हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ,” उनले बताए। यसैबीच, केन्द्रीय समिति सदस्य भक्त जैरुको नेतृत्वमा कालेबुङका विभिन्न क्षेत्रबाट आएका वरिष्ठ व्यक्तित्वहरूले पनि पार्टी अध्यक्ष मन घिसिङसँग शिष्टाचार भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ