मिरिकमा भाजयुमोको नयाँ मण्डल कमिटी गठन, बिस्वास राई अध्यक्ष चयन

Share this news

मिरिकको थुर्वु–डुप्टिन मण्डलस्थित भारतीय जनता पार्टीको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा भारतीय जनता युवा मोर्चा (भाजयुमो) मिरिक मण्डलको नयाँ कार्यसमिति गठन गरिएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न उक्त बैठकमा विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता थुर्वु–डुप्टिन मण्डल अध्यक्ष अमर रानाले गर्नुभएको थियो भने भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समिति सचिव एम.के. जिम्बा, मिरिक मण्डल सचिव समीर राई, सोरेनी मण्डल अध्यक्ष प्रवीण राई तथा सचिव दिपेश थापालगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो। बैठकमा युवा नेतृत्वलाई अगाडि बढाउने तथा संगठन विस्तारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको बताइएको छ। सभाबाट सर्वसम्मत रूपमा बिस्वास राईलाई भाजयुमो मिरिक मण्डलको अध्यक्ष चयन गरिएको छ। त्यसैगरी भवेश गुरुङ, अरुण तामाङ, दीप सिंह, उत्तम तामाङ, सन्दीप सुब्बा र सुशील राई उपाध्यक्षमा मनोनित भएका छन्। अनमोल गुरुङ र अभियंक मुखर्जीलाई महासचिवको जिम्मेवारी दिइएको छ भने प्रयास सुब्बा, ज्ञानेन्द्र सुब्बा, धिरेन प्रधान, नितेश सुब्बा, धिराज राई, सन्दीप देवान तथा लोकबहादुर राई सचिव पदमा चयन भएका छन्। अभियंक मुखर्जीलाई आईटी सेल प्रमुख र दीप सिंहलाई सामाजिक सञ्जाल संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। उपस्थित वक्ताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाहरूको सक्रिय सहभागिताले संगठनलाई थप गतिशील र जनकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै समाज र राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै संगठनात्मक गतिविधिमा सक्रिय रहन आह्वान समेत गरिएको थियो। नयाँ कार्यसमितिका पदाधिकारीहरूले पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, युवाहरूलाई संगठनसँग जोड्ने र संगठन विस्तारका अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ