नेपाली साहित्य सम्मेलनद्वारा 98औं गिरी जयन्ती पालन

Share this news

दार्जीलिङ, 28 दिसम्बर (निस): शनिबार, नेपाली साहित्य सम्मेलन को आयोजनामा प्रत्येक वर्ष सम्पन्न गरिने गिरी जयन्ती नगरपालिका प्रतिमा परिसर सम्पन्न गरियो।
उक्त 98औं गिरी जयन्ती कार्यक्रम नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. सीके राईको अध्यक्षता, दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको प्रमुख आतिथ्य, भारप्राप्त सभासद् मुकुन्दराज बराइली, भाषा साहित्यविद् विजयकुमार राई, नेपाली साहित्य सम्मेलनका पूर्व महासचिवद्वय सूर्यकुमार श्रेष्ठ, भक्तराज सुनुवार, कार्यकारिणी सदस्य भरत प्रकाश राई लगायत अन्यको विशिष्ट आतिथ्यमा गरियो।
नेपाली साहित्य सम्मेलनका महासचिव महेन्द्र प्रधानद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा उपस्थित अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीबाट दिप प्रज्वलन साथै श्रद्धाअर्पण गरिएपछि कार्यक्रमको आरम्भ गरियो। उपस्थित भाषा साहित्य प्रेमीहरूको बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको प्रतिमामा पुष्प गुच्छा श्रद्धार्पण गरेपछि कार्यक्रमलाई सम्बोधनमा राख्दै सर्वप्रथम विजयकुमार राईले आफ्नो सम्बोधनमा नगरपालिका परिसरमा स्थित गिरीको प्रतिमा कसरी स्थापित गरियो भन्ने विषयमाथि प्रकाश पार्दै जातीय कवि अगमसिंह गिरीको प्रतिमा त्यस्ताका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको बाहुलीबाट गरिएको बताउँदै गिरिमाथि आफ्नो वक्तव्य प्रस्तुत गरे।
यसपछि वक्तव्यको क्रममा नेसासका पूर्व महासचिव भक्तराज सुनुवारले गिरीको सालिक स्थापक युग परिबोध परिवारलाई सम्झनामा राख्दै आफ्नो मन्तव्य राखे यसपछि कार्यकारिणी सदस्य भरत प्रकाश राईले गिरीले भाषा साहित्यको निम्ति गर्दै आएको विषयहरूमाथि प्रकाश पारे। विशिष्ट अतिथि नगर पार्षद मुकुन्दराज बराइलीले जातीय कवि अगमसिंह गिरी आफ्नै स्थानमा हुनुको गर्भबोध गर्दै गिरिमाथि आफ्नो संक्षेपमा मन्तव्य प्रकट गरे।
जातीय कवि अगमसिंह गिरीको ९८ औ जन्मजयन्तीलाई सम्बोधनमा राख्दै प्रमुख अतिथि दार्जीलिङ नगरपालि अध्यक्ष दिपेन ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै जातीय कवि अगमसिंह गिरीको जन्मजयन्तीको शुभ उपलक्ष्यमा सम्पूर्ण भाषा साहित्य प्रेमी साथै शुभकामना व्यक्त गर्दै भाषा साहित्यको क्रममा अगमसिंह गिरीको अमूल्य योगदानको विषयबारे आफ्नो मन्तव्य राखे।
 कार्यक्रमको अन्तिम चरणमा कार्यक्रमका अध्यक्ष साथै नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. सीके राईले उपस्थित सबैप्रति आभार प्रकट गर्दै जातीय कवि अगमसिंह गिरीले दिएका अमूल्य योगदानमाथि आफ्नो अध्यक्ष सम्बोधन राखेपछि अन्त्यमा नेपाली साहित्य सम्मेलनका वर्तमान कार्यकारिणी सदस्य सबिता थापा ‘संकल्प’-द्वारा उपस्थित सबैप्रति धन्यवाद ज्ञापनको कार्यक्रम राखेपछि कार्यक्रमको समापन गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ