नेपाली काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

Share this news

नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ।

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्धय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी हुनुभएको थियो।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराउनु भएको थियो।

संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो। लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उहाँले सुझाव दिनु भएको थियो।

समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य सुरु गरेको हो।

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ।

काँग्रेसले बनाएको समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम वहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरवहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र वहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितवहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहनु भएको छ।

Share this news
आजको रोजाइ
इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

आजको रोजाइ