घैयाबारी स्वस्थ्य केन्द्रलाई आवश्यक सामान प्रदान

Share this news

तीनधारे, (निसं): घैयाबारी प्राथमिक स्वस्थ्य केन्द्रमा दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनद्वारा आवश्यक सर सामानहरु प्रदान गरिएको छ। यस अवसरमा घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई टेबल-चौकी, वेट मशीन, डस्टबिन, अलमारी,स्टेचर लगायत अन्य सामाग्रीहरु प्रदान गरिएको छ। यस कार्यक्रममा दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतको सदस्य कौशिक भट्टचार्य, तीनधारेको श्रीगणेश सहकारी समितिको सभापति विनयकुमार छेत्री, फोसेप दार्जीलिङका महासचिव भरतकुमार राई, सदस्य दिपक ठटाल लगायत अन्यहरु उपस्थित थिए।

यस अवसरमा घैयाबारी क्षेत्रका स्थानीय ग्रामवासीहरुको उपस्थितिमा घैयाबारी स्वास्थ्य केन्द्रलाई उक्त सर सामानहरु प्रदान गरियो। यसको साथै आगामी दिनमा चाँड़ै नै उक्त ट्रष्ट अनि महानदी तीनधारे समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी अस्पतालको लागि एउटा एम्बुलेन्सको निम्ति पनि पहल भईरहेको जानकारी गराइएको छ। यस अवसरमा अस्पताल पक्षले ट्रष्टका सम्पूर्ण सदस्यहरुलाई खदा लगाएर धन्यवाद ज्ञापन गरेका थिए। यसको साथै ग्रामवासीको पक्षबाट नरेन राईले पनि ट्रष्टका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन्‌‍। यस संस्थाले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य र पर्यावरणमाथि काम गर्दै आईरहेको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतको सदस्य कौशिक भट्टचार्यले दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनको तर्फबाट घैयाबारी अस्पतालमा आवश्यक सर सामानहरु प्रदान गरिएको जानकारी गराएका छन्‌‍। उनले दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनले शिक्षा, स्वास्थ्य र पर्यावरणमाथि कार्य गर्दै आइरहेको बताएका छन्‌‍। त्यसरी नै विनयकुमार छेत्रीले दार्जीलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनको तर्फबाट यसपाली चुनभट्टी उप स्वास्थ्य केन्द्र र घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक सर सामानहरु प्रदान गरिएको छ। उनले योभन्दा पहिला तीनधारे रेलवे अस्पताल, तीनधारेको राजबारी र शंकर निवास उप स्वास्थ्य केन्द्रमा पनि प्रदान गरिसकेको र भविष्यमा महानदी र गिद्ध पहाड़लाई प्रदान गरिने जानकारी गराएका छन्‌‍। उनले घैयाबारी अस्पतालमा आवश्यक रहेको एम्बुलेन्स पनि आफु र सभासद नवराज छेत्रीको पहलमा दुई महिनाभित्र प्रदान गरिने जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ