GNLF support BJP Darjeeling
GNLF support BJP Darjeeling

एनडीएको घटक दल गोरामुमोले चुनावमा बीजेपीलाई सघाउने घोषणा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो पार्टीको ४६औं स्थापना दिवस पालन गरेका छन्। पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रमलाई खर्साङ ब्राञ्च कमिटी सचिव युद्ध छेत्रीले संचालन गरेका थिए। आजको स्थापना दिवसमा बिधायक निरज जिम्बा , केन्द्रीय समिति उपाध्यक्ष एन बी छेत्री , सेक्रेटरी जनरल ऋषि थापा , केन्द्रीय समिति सदस्यगण, ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। स्थापना दिवसको अवसरमा, केन्द्रीय समिति सदस्य जेबी गुरुङ, उपाध्यक्ष एनबी छेत्रीले अनि प्रमुख वक्ताको रुपमा पार्टी अध्यक्ष मन घिसिङले सम्बोधन गरेका थिए।

आफ्नो सम्बोधनमा पार्टी अध्यक्ष मन घिसिङले भने, हामीले २३ अप्रेल र ४ मईलाई मात्र हेरेर कार्य गरेको होइनौं। त्यस पछि के हुने हो र भविष्य सम्मको लागि हेरेको छौं। चुनाउ भन्दा ठूलो हाम्रो भविष्य हो जातिको मुद्दा हो। पहाडमा अहिले मेला लागेको छ। आफ्नो जनसमर्थन देखाउनु लागि परेका छन्। कसलाई देखाउने र के को निम्ति देखाउने ? जातिको मुद्दाको निम्ति कसैले पनि चिन्ता गरेको छैन। यसैकारण अब सबैले जातिको निम्ति चिन्ता लिनु पर्छ। चौकीको निम्ति परिवर्तन भनेर हुँदैन। हामी सत्ता परिवर्तन होइन तर ब्यवस्था परिवर्तन चाहन्छौं र एउटा संवैधानिक ब्यवस्था गोर्खा जातिले पाउनु पर्छ। यसैक्रममा आज बिधानसभा चुनावको निम्ति केन्द्रीय समितिको बैठक बस्यो। बैठकपछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रीय समिति उपाध्यक्ष एन बी छेत्रीले भने, आज सम्म गोरामुमो एनडीएको घटक दल भएको कारणले गर्दा गोरामुमोले बिजेपीलाई सघाउने घोषणा गरे। यसैक्रममा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनद्वारा पार्टी अध्यक्ष मन घिसिङलाई गरेको पत्राचार विषयमा जानकारी गराउँदै एनबी छेत्रीले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ