Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

Share this news

खरसाङ, (निसं): 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टिको माथिलो चैतेपानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अप्पर चैतेपानी शाखाको तत्वधानमा नारी शक्ति समष्टि अध्यक्षा सुष्मा मुखियाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। सभामा नारी शक्तिको चैतेपानी शाखा वर्तमानमा निष्क्रिय रहेकोले यसलाई सक्रिय बनाउन पर्ने वक्ताहरूले सुझाउ राखे। वक्ताहरूको सुझाउ अनि चर्चा-परिचर्चापछि उपस्थित नेतृत्व अनि सदस्यहरूको सुझाउ र सल्लाह अनुसार नारी शक्तिको चैतेपानी शाखालाई पुनः सक्रिय बनाउने सहमति भयो। सभामा नरी शक्ति चैते पानी शाखा पुनर्गठनको निम्ति प्रक्रिया सम्पन्न गरियो। नयाँ कार्यकारिणी समितिमा सभानेत्री मनमाला तामाङ, उप सभानेत्री सविता राई, पूर्णिमा रुचाल, सचिवा अम्बिका शर्मा, सह सचिवा पेमु सुब्बा, सीता रुचाल, कोषाध्यक्ष दिव्या थापा, सह कोषाध्यक्ष दिव्या थापा, दिपीका खवास अनि 10 जना कार्चकारिणी सदस्यहरू चयन भएका छन्‌‍। चैतेपानीका नारी शक्ति सदस्यहरूको बाक्लो उपस्थितिमा सम्पन्न यस सभामा 28 नम्बर समष्टि नारी शक्तिका सदस्यहरू, उत्तर शिव खोला नारी शक्तिका सदस्यहरू, सिमानाटार नारी शक्तिका सदस्यहरू साथै सिमानाटार युवा शक्तिका अध्यक्ष अनुप पाख्रीन अनि अन्य युवा शक्तिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा समष्टिका प्रतिनिधिहरू अनि विभिन्न शाखाबाट आएका नारी शक्तिका प्रतिनिधिहरूले नारी शक्तिको सांगठनिक गतिविधिको बारेमा जानकारी गराएका थिए। तिनीहरूले नवगठित चैतेपानी नारी शक्ति कार्यकारिणी समितिका पदाधिकारीहरूको उर्जा बढ़ाउनको निम्ति प्रोत्साहित गर्दै नयाँ पदाधिकारीहरूलाई बधाई अनि शुभकामना दिए। 28 नम्बर सभानेत्री सुष्मा मुखियाले नयाँ गरी गठन गरिएको नारी शक्ति चैतेपानी शाखा कार्यकारिणी समितिका सदस्यहरूलाई बधाई दिँदै नारी शक्तिको भुमिका र महत्व बारे आफ्नो वक्तव्यमा प्रकाश पैरेकी थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या