नारी प्रगति संस्थाको आयोजनमा महिला दिवस

Share this news

खरसाङ, (निसं): खरसाङको नयाँ बजार राजबारीस्थित रानीकूप नारी प्रगति संस्थाको आयोजनमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पूर्व अध्यक्ष हिरा दर्नालको अध्यक्षतामा कार्यक्रमको शुरूवात संस्थाका दिंवंगत संस्थापक सदस्यहरूको स्मृतिमा 108 वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। कार्यक्रमका बिशिष्ट अतिथि संस्थाकी वरिष्ठ संस्थापक सदस्य कुमारी थापा अनि दिव्य ज्योति संघकी उपाध्यक्ष लिलु छेत्रीको उपस्थिति रहेको थियो। कार्यक्रममा उदबोधन नृत्य बबिता सेवाले प्रस्तुत गरेकी थिइन्‌‍। शिक्षिका परिनीती ठटालले महिला दिवस किन र कहिलेदेखि मनाउन थालिएको भन्ने विषयमा छौटकरीमा जानकारी गराएकी थिइन्‌‍। यस वर्षको महिला दिवसको बिषय वस्तु गिभ टु गेन रहेको सन्दर्भमा समाजमा हामीले छोरी अर्थात महिलालाई अवसर प्रदान गरेको खण्डमा समाजले कस्ता उपलब्धिहरू हाँसिल गरेर संशक्त समाजको निर्माण गर्न सक्छ सो बिषयमा विस्तृत जानकारी प्रनिता मुखियाले राखेकी थिइन्‌‍। यसका साथै संस्थाका आबद्ध युवतीदेखि लिएर विभिन्न उमेर समूहका सदस्यहरूका निमित्त मनोरञ्जन्तामक खेलहरूको आयोजन गरिएको थियो। सहभागीहरूले उत्साहपूर्वक भाग लिँदै कार्यक्रमलाई थप रमाइलो र उत्साहजनक बनाएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमले सदस्यहरूबीच आपसी एकता सहयोग र सशक्तिकरणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक समितिले जनाएको छ। कार्यक्रमको सञ्चालन सुप्रिना शर्माले गरेकी जानकारी संस्थाका सचिव प्रनिता मुखिया घिसिङले दिएकी छिन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ