पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

Share this news

रिम्बिक,12 जूलाई(निसं): फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँदै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमानबासीलाई दिनु खोजेको धोका हो, यस्तो भनाई गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य नरेन्द्र काम्बाङको हो। काम्बाङले एक प्रेस बिज्ञप्ति जारी गर्दै पश्चिम बंगाल भुमिसुधार अधिनियम 2006 अन्तर्गत बन-बस्ती क्षेत्रमा बसोबासो गर्ने पुरानो वासिन्दाहरुलाई प्रदान गरिने फरेष्ट भिलेज पट्टा प्रदान गरिने योजना रहेको तथा यो निर्दिष्ट कुनै एक घरको नाममा अनि त्यो घरपरिवारले स्यार सुसार गरेको सम्पूर्ण जमिनको सर्वे गरेर बन विभागको नामको जमिन त्यो निर्दिष्ट व्यक्त एंव परिवारलाई दिनु पर्ने नियम रहेको जानकारी गराए। उनले जमिन पुरानो रैथाने अनि ट्राईबल समुदायको पक्षमा वितरण गरिने उनले बताए । तर चिया बगानको त सबै जमिन सर्वे गरेर सरकारको नाममा बनाएर सरकारले फेरि शरणार्थी एंव भुमिहिन पुनर्वास योजना मार्फत केवल पाँच डेसिमल पट्टा दिने भनेर सर्वे गरिरहेको आरोप काम्बाङको छ। त्यसर्थ फरेष्ट भिलेजले पाउने पट्टा एंव सर्वे अनि चियाको वगानको सर्वे जमिन आकास जमिनको फरक रहेको उनको विश्वास छ। तर यहाँ जीटीए प्रमुख अनित थापाले अझै पनि  चिया कमानका श्रमिकहरुलाई भ्रमित गरेर भूमिहिन पट्टा थपाउने चाल गरिरहेको काम्बाङको शंका रहेको बिज्ञप्तिमा काम्बाङले भनेका छन् । वास्तवमा अनित थापा मार्फत बंगाल सरकारले 30 प्रतिशत खालि जमिन व्यापारीहरुलाई बेच्ने आतुरमा यो सर्वे गराईरहेको उनले बताए। यसका साथै काम्बाङले दार्जीलिङ क्षेत्रमा 79 वटा वन बस्तीलाई रिभन्यु भिलेज बनाउन जुन पर्जा-पट्टा एंव सर्वे गरिन्दै छ त्यसमा कुनै आपत्ति नरहेको उनले  बताए। उनले चिया बगानको जमिन सर्वे अनि पाँच डेसिमल पर्जा पट्टाको सबै एक भएर बिरोध गर्नु आवश्यकता रहेको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ