नामसुङ लेप्चा जातिको मात्र नभई सम्पूर्ण राज्यको होः सीएम तामाङ

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज तुमिन-लिङ्गी निर्वाचन क्षेत्रमा पर्ने लिङ्गी–नालिपार्टाममा आयोजित तीन दिने राज्यस्तरीय नामसुङ महोत्सवको समापन कार्यक्रममा सहभागिता जनाए। मुख्यमन्त्रीले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्मान प्रदान गरेका थिए, साथै राजकुमार (ग्याल्शे) पालदेन गुरमेद नाम्ग्याल पनि उपस्थित थिए।

नामसुङ, जसले लेप्चा नयाँ वर्षको सुरुवात जनाउँछ, लेप्चा समुदायका लागि गहिरो धार्मिक, सांस्कृतिक र कृषिसम्बन्धी महत्व राख्दछ। उत्साहका साथ मनाइने यस महोत्सवले नयाँ वर्षको आगमनको प्रतीकको रुपमा काम गर्छ र लेप्चा समुदायको प्रकृति, परम्परा र आध्यात्मिकतासँगको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।

सभालाई सम्बोधन गर्दै, मुख्यमन्त्रीले लेप्चा जातिका लागि मात्र नभई राज्यको लागि पनि नामसुङको महत्वलाई उजागर गरे। उनले, लेप्चा समुदायका परम्परा र रीतिरिवाज विश्व प्रसिद्ध छन् र युनेस्कोले लेप्चा सम्पदालाई दिएको मान्यता विशेष रूपमा उल्लेखनीय रहेको बताए।

क्षेत्रीय विकासको विषयमा बोल्दै, मुख्यमन्त्रीले, सडक जडान, पूर्वाधार र पर्यटन समेट्ने विभिन्न विकास परियोजनाहरू क्षेत्रमा कार्यान्वयन गरिने बताए। उनले प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउँदै, यी परियोजनाहरूको कार्यान्वयनमा मात्र समर्पित एक केन्द्रित समिति गठनको प्रस्ताव राखे। उनले थप घोषणा गरे, यस क्षेत्रलाई राज्यको योग हबका रूपमा विकास गरिने बताउँदै योग विशेषज्ञता केन्द्र स्थापना गरिने जानकारी दिए।

लेप्चा समुदायको सहअस्तित्व, नम्रता र पुनर्जीवनको दीगो मूल्यलाई जोड दिँदै

प्रकृतिप्रति सम्मानको सन्दर्भमा मुख्यमन्त्रीले टिप्पणी गर्दै यी सिद्धान्तहरूले समकालीन संसारका लागि महत्वपूर्ण पाठहरू राख्ने बताए। उनले लेप्चा भाषाको, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता पुनः पुष्टि गरे। आफ्नो नामसुङ शुभकामना व्यक्त गर्दै, उनले सबैलाई शान्ति, समृद्धि र खुशीको कामना गरे अनि सिक्किमको एकता र बलको लागि कञ्चनजङ्गाको आशीर्वाद मागे।

विधानसभासद् तुमिन-लिङ्गी सम्पदु छिरिङ भुटिया, ले पनि सभालाई सम्बोधन गरे अनि नामसुङको शुभ अवसरमा आफ्नो अभिवादन व्यक्त गरे। उनले निर्वाचन क्षेत्रमा सम्पन्न भएका र हाल प्रगतिमा रहेका विकासात्मक कार्यहरूको संक्षिप्त विवरण दिए। साथै, उहाँले मुख्यमन्त्रीको सामु क्षेत्रको समग्र प्रगतिको लागि केही विकासात्मक मागहरू पनि राखे।

पहिले, सिक्किम प्रारम्भिक जनजाति बोर्डका अध्यक्ष श्री छेवाङ नोर्बु लेप्चाले नामसुङ पर्वको ऐतिहासिक पृष्ठभूमि र महत्व बारे प्रकाश पारे। उक्त अवसरमा, मुख्यमन्त्रीले GI ट्याग प्रवर्द्धक नामग्याल लेप्चा र उगेन पाल्जोर लेप्चाको मूल्यवान योगदानको सम्मानमा सम्मान व्यक्त गरे। कार्यक्रममा, मुख्यमन्त्रीलाई लिङ्गी कर्सिङ तार्वोट सेजुम वेलफेयर एसोसिएसन, सेंट पीटर्स चर्च, हिमालयन फ्री चर्च र फागेल मठद्वारा सम्मान गरिएको थियो। केही सामुदायिक कार्यकर्ता र गण्यमान्य व्यक्तिहरूलाई पनि मुख्यमन्त्रीमार्फत सम्मान गरियो।

कार्यक्रम सुरू हुनु अघि, मुख्यमन्त्रीले विभिन्न परम्परागत स्टलहरूको भ्रमण गरे, जसमा सेटअप गरिएको लेप्चा परम्परागत घर पनि समावेश थियो, र सहभागीहरूसँग अन्तरक्रिया गरे। उनले उत्सव समारोहको भागको रूपमा निर्मित बाँसको पुलको निरीक्षण पनि गरे। कार्यक्रममा मन्त्रीहरू, सांसदहरू, सल्लाहकारहरू, अध्यक्षहरू, OSDहरू, कार्यालय प्रमुखहरू, आयोजन समिति सदस्यहरू, विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू र लेप्चा समुदायका ठूलो संख्यामा सदस्यहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ