मतदाता सूचीबाट अनुचित तरीकाले नाम हटाइयो ! ममता ६ मार्च मेट्रो च्यानलमा धर्नामा बस्ने

Share this news

१ मार्च (निसं): मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी विशेष गहन संशोधन एसआईआर) -को पहिलो चरणको अन्तिम मतदाता सूचीबाट मतदाताहरूको नाम कथित अन्चित तरीकाले हटाइएको प्रतिवादमा आगामी ६ मार्च, शुक्रवार धर्मतलाको मेट्रो च्यानलमा धर्नामा बस्नेछिन् । ब‌ङ्गालमा एसआईआर शुरु भएदेखि नै तृणमूल कङ्ग्रेसले चुनाउ आयोगविरुद्ध बारम्बार विभिन्न आरोप लगाउँदै आएको छ। राज्यमा एसआईआर प्रक्रिया सही ढङ्गले नभएको आरोप पनि लगाइएको छ। यस्तो आरोपबारे मम ता ब्यानर्जी र अभिषेक ब्यानर्जीले दिल्लीमा मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारसँग भेट पनि गरेका थिए।

शनिवार राज्यमा एसआईआरको पहिलो चरणको अन्तिम मतदाता सूची प्रकाशित भयो। त्यसपछि आइतवार तृणमूल भवनमा पत्रकार सम्मेलन गर्दै पार्टीका महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले घोषणा गरेअनुसार ममता ब्यानर्जी ६ मार्च, शुक्रवार मेट्रो च्यानलमा धर्नामा बस्नेछिन्। त्यहाँबाटै मम ताले आगामी कार्यक्रमहरूबारे घोषणा गर्नेछिन्। अभिषेक ब्यानर्जीले भने, यसबारे ममता ब्यानर्जी स्वयम् ६ म ार्च अपराह्न २ बजीदेखि धर्ना तथा आइतवार कलकत्ताको तृणमूल भवनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभिषेक ब्यानर्जी। प्रदर्शनमा बस्नु हुनेछ। त्यसपछि उहाँले आगामी कार्यक्रम घोषणा गर्नुहुनेछ। अभिषेकले जानकारी दिएअनुसार धर्मतलाको ईस्ट मेट्रो च्यानल, जहाँ मुख्यमन्त्री विगतमा पनि अनशनमा बसेकी थिइन्, -मा शुक्रवारदेखि ममता ब्यानर्जी धर्नामा बस्नेछिन्। कलकत्ता शहर तथा छेउछाउका जिल्लाबाट तृणम लका नेताहरूलाई धर्नास्थलमा उपस्थित हुन आह्वान गरिएको छ। तिनले भने, तृणमूलका सबै तहका नेताहरू उपस्थित हुनेछन्। टाढाबाट आउनेहरूलाई अहिले नै आउ भन्न चाहन्नँ। एसआईआर चलिरहेको छ, आगामी १०-१५ दिन अत्यन्त महत्त्वपूर्ण छ।

कलकत्ता र छेउछाउका क्षेत्रका सबै आउनुहोस्, तर आफ्नो क्षेत्रको जिम्मेवारी सम्हालेर आउनुहोस्। आइतवार तृणमूलको पत्रकार सम्मेलनमा एउटा भिडियो फूटेज पनि देखाइयो । त्यो भिडियोको आधारमा अभिषेकले दाबी गरेअनुसार मतदाता सूचीबाट नाम हटाउनका लागि भाजपाले पहिल्यै लक्ष्य निर्धारण गरेको थियो। तिनले आरोप लगाएअनुसार, भाजपा नेताहरूको मुखबाट बारम्बार १ करोड़ २० लाख नाम हटाउने कुरा सुनिएको थियो। मस्यौदा सूची, अन्तिम सूची र विचाराधीन सूचीको तथ्याङ्क जोड्दा ठीक त्यही सङ्ख्या म तदाताको नाम सूचीबाट हटाउने षड्यन्त्र गरिएको छ। चुनाउ आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै   अभिषेक ब्यानर्जीले प्रश्न गरे, आयोगले कसको निर्देशमा काम गरिरहेको छ? मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारले भाजपाको निर्देशमा काम गरिरहेको आरोप पनि तृणमूलका अखिल भारतीय महासचिवले लगाए। शनिवार चुनाउ आयोगले पहिलो चरणको अन्तिम मतदाता सूची सार्वजनिक गरेको थियो। उक्त सूची अभिषेकले सर्वोच्च न्यायालयमा पेश गर्ने जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ