मुस्कानद्वारा भानु जयन्तीको दिन कवि ठकुरीलाई सम्मान

Share this news

रिम्बिक,15 जूलाई(निसं): रिम्बिक क्षेत्रको साहित्यिक संस्था मुस्कान समुहको तत्परतामा आदिकवि भानुभक्त आचार्यको 211औ जन्म जयन्ती यहाँको बाँसबोटेको लिङसेबोङ प्राथमिक पाठशालामा भव्य समारोह बीच पालन गरियो। समारोहमा साहित्य  अकादमी युवा पुरस्कार-2025 प्रापक सुवास ठकुरीलाई सम्मान जनाइयो। जीवन लिवाङद्वारा संचालन गरिएको समारोहमा विशिष्ट अतिथिको रुपमा जीटीए पर्यटन विभाग प्रमुख तथा समष्टि सभासद नोर्देन शेर्पा,  प्रमुख अतिथिको रूपमा साहित्य अकादमी परामर्श समिति सदस्य आशा मुखिया, वरिष्ठ कवि निरज थापाको उपस्थिति रहेको थियो।  समारोहमा वर्तमान समयमा भानु जयन्तीको औचित्यबारे कमल भट्टराईले प्रकाश पारे भने स्वागत सम्भाषण राज काम्बाङले राखे। इशा लिम्बुले स्वागत नृत्य प्रस्तुत गरे अनि निमा शेर्पा, सचिन राणा अनि युवाहाङ काम्बाङले गीत प्रस्तुत गरे।  स्थानीय कविहरु दिवाकर कार्की, सुरेन सुब्बा, प्रतिक भट्टराई, मणिकुमार लिम्बु, आरती ठकुरी, आशा लिङ्देलले कविता पाठ गर्दै आदिकविलाई स्मरण गरे। सम्मानित कवि सुवास ठकुरीले समारोहलाई सम्बोधन गर्दै आफ्नो साहित्यिक यात्रामा टेवा दिनेहरुप्रति कृतज्ञता प्रकट गरे। यसका साथै उनले साहित्य अकादमी युवा पुरस्कारले आफू बिभूषित भएपछि साहित्यको सेवाप्रति अझ जिम्मेवार बोध गरेको बताए। समारोहमा कवि ठकुरीको कविता संग्रह जूनको आशुवाट मनिता लिम्बुले कविता पाठ गरे। यसका साथै अकादमी युवा पुरस्कार जित्ने किताब जूनको आशुका प्रकाशक मदन चौहानलाई सम्बर्द्धना जनाइयो। समारोहलाई सम्बोधन गर्दै साहित्य अकादमी परामर्श समिति सदस्य आशा मुखियाले साहित्य लेखनमा युवाहरुको उपस्थितिबारे गहन चर्चा गरिन। उनले युवा पुरस्कार पाएपछि कवि तथा लेखकहरु सुस्ताउने गरेको आशय पोख्दै युवाहरुले साहित्य लेखन निरन्तर राख्नु पर्नेमा जोड दिइन। विशिष्ट अतिथिको रुपमा उपस्थित स्थानीय सभासद नोर्देन शेर्पाले साहित्य अकादमी युवा पुरस्कार प्रापक सुवास ठकुरीले क्षेत्रमा साहित्य प्रति युवा जमातलाई प्रेरित गरेको बताए। साहित्यले समाजलाई सदैव अग्रगामी दिशा दिने सत्यको उजागर गर्दै शेर्पाले साहित्यलाई कुनै हस्तक्षेप बिना अक्षुण्ण राख्नु पर्नेमा जोड दिए। उनीले क्षेत्रमा साहित्यको उत्थानको निम्ति आफू प्रतिबद्ध रहेको समेत बताए। वरिष्ठ कवि निरज जिम्बाले  साहित्यले क्षेत्रिय मौलिकता वहन गर्नु पर्ने बताउँदै सकारात्मक  साहित्यले क्षेत्रको संस्कार अनि संस्कृतिलाई बचाईराख्न मद्दत गर्ने बताए। कार्यक्रमका अध्यक्ष तथा समूहका सभापति कमल भट्टराईले कार्यक्रममा उपस्थिति दिएर सहयोग गर्न सबैलाई धन्यवाद दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ