बहुउद्देश्यीय सहकारी संस्थाको मह उत्पादन सम्झौता

Share this news

दार्जीलिङ,29 नोभेम्बर(निसं):आईभी बहुउद्देश्यीय सहकारी संस्थाले सुरु  गरेको मह उत्पादन एकाईको ऐतिहासिक सम्झौता भएकोछ।दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन एकाई सुरु गरेको छ।डीसीडीसीबी-ले पहाडका किसानहरुसँग कच्चा मह संकलन गरी यसलाई सहयोग गर्दै आएको थियो। दुई महिनाको प्रयासपछि आईभी र दुई अन्य मह उत्पादक प्राथमिक कृषि सहकारी संस्थाहरु मिनरल स्प्रिङ पीएससी र घैयाबारी अंचल पिएससी बीच सम्झौता भएको छ। सहकारी संस्थाले जानकारी गराए अनुसार,सहकारी संस्थाको सम्झौता कोलकाताबाट आएका राज्य नोडल अधिकारी र पीएमयु सेल-का प्रतिनिधिहरुको उपस्थितिमा भएको हो। कार्यक्रम डीसीडीसीबीका अध्यक्ष केशव राज पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो। आजै पीएससी-हरुले सुरुवाती संकेतको रुपमा आईभीलाई लगभग 40 लिटर मह हस्तान्तरण गरेका छन्। यस वर्षको लक्ष्य एक हजार लिटर मह उपलब्ध गराउने रहेको छ। आईभी बहुउद्देश्यीय सहकारी संस्थाले पहिले नै दुबई जस्ता विदेशी बजारमा मह बिक्रीको अनुमति प्राप्त गरेको छ। यो पहल किसानहरुको सशक्तिकरण र स्थानीय युवाहरुलाई घरमा नै रोजगारी सिर्जना गर्ने ऐतिहासिक कदम हो। भविष्यमा थप पहलहरु अगाडि बढ्ने योजना छ,सहकारी संस्थाको दाबी छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ