Kashi School Students'Activities
Kashi School Students'Activities

काशी आएका विद्यार्थीहरूको बहुआयामिक गतिविधिमा संलग्नता

Share this news

आआफ्ना प्रतिभा लिएर काशी आएका विद्यार्थीहरूले पाठ्यक्रमाधीन परिनिष्ठ अध्ययनबाहेक बहुआयामिक गतिविधिहरूमा पनि संलग्न हुन्छन्। यस्ता कार्यहरूले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक चेतना तथा व्यावसायिक दक्षता अभिवृद्धि हुँदछ। अनुसन्धानपत्र, परियोजना कार्य, लेख, समीक्षा तथा प्रतिवेदन लेखनमा संलग्न हुन्छन्। गोष्ठी र कार्यशालामा सहभागी भई ज्ञान आदानप्रदान, प्रस्तुतीकरण कला तथा नव विचार प्राप्त गर्न विभिन्न शैक्षिक कार्यक्रममा भाग लिन्छन्।

पुस्तकालय तथा अतिरिक्त अध्ययन
पाठ्यक्रमभन्दा बाहिरका साहित्य, दर्शन, इतिहास, धर्म, भाषा आदि विषय अध्ययन गर्छन्। भाषा तथा प्राविधिक सीप विकास गर्न संगणक (कम्प्युटर), अनुसन्धान पद्धति, अनुवाद, शोधलेखन, सृजनात्मक लेखन, देशीविदेशी भाषा आदिका सीप सिक्छन्। वातावरण संरक्षण, साक्षरता अभियान, उद्धार सेवा जस्ता सामाजिक गतिविधिमा सहभागी हुन्छन्। केही विद्यार्थी छात्र संस्था, वादविवाद, नेतृत्व विकास तथा नीतिनिर्माणसम्बन्धी गतिविधिमा सक्रिय हुन्छन्। अंशकालिक काम ‘अर्न वाइल लर्न’ गरी आर्थिक आत्मनिर्भरता वा अनुभवका लागि ट्युशन, फ्रीलान्सिङ, इन्टर्नशिप आदि गर्छन्।

हिजो एम ए द्वितीय वर्षको अन्तिम दिन। भारतीय भाषा विभागको नेपाली अनुभागमा स्नातकोत्तर अध्ययन पूरा हुने बेलामा स्वनामधन्या विद्यार्थी सङ्गम सुधाको प्रकाशनाधीन स्वरचित कविता सङ्ग्रह ‘अगेनो’-को आवरण समारोहपूर्वक सार्वजनिक भयो। विभागाध्यक्ष प्रो. दिवाकर प्रधानको सभापतित्वमा भएको सार्वजनिकीकरण कार्यक्रममा नेपाल पीठका सहाचार्य डा. मुकुन्द शर्मा, मराठीका विभागाध्यक्ष प्रो. प्रमोद भगवान् पड़वळ, तमिलका सहायकाचार्य डा. जगदीशन टी र डा. विघ्नेश अनन्त एस अनि नेपालीका सहायकाचार्य डा. अमित थापाले आवरण सार्वजनिक गरे।

डा. मुकुन्द शर्माले तारुण्य वयको यस अवस्थामा उत्सर्जित रचना क्षमतालाई उपयोग गर्ने अर्ती दिए। प्रो. प्रमोद भगवान् पड़वळले स्नातकोत्तर नेपालीका विद्यार्थीहरूले तुलनात्मक मराठी पनि लिने हुनाले यिनीहरूको प्रतिभासित आफू परिचित रहेको आत्मस्वीकृति व्यक्त गरे। डा. जगदीशन टी.-ले यी विद्यार्थीहरू काशीको बहुभाषिक वातावरणबाट लाभान्वित रहेको बताए। डा. विघ्नेश आनन्त एस.-ले प्रतिभाले आफ्नो परिचय दिनमा यी विद्यार्थीहरू सफल बनेको कुरा राखे। सबैको आशीर्वाद ग्रहण गरेपछि ‘अगेनो’-की रचयिता सङ्गम सुधाले आफ्नो रचनाधर्मिताबारे छोटोमा मीठो आत्मस्वीकृति व्यक्त गरिन्।

सभाध्यक्षको आसनबाट प्रो. दिवाकरले काशी पढेका पूर्ववर्ती शोधार्थी र विद्यार्थीहरूले रचना र अनुसन्धानमा धेरै प्रगति गरेका उल्लेख गर्दै आगो र अगेनाको सांस्कृतिक र लोकतात्त्विक महत्त्वबारे प्रकाश पारे। डा. अमित थापाले कार्यक्रमलाई सुन्दर भाषामा समाहार गरे। यस समारोहमा विभागका शोधार्थी र विद्यार्थीहरूले उत्साहपूर्वक संलग्नता दर्शाए। पारम्परिक र आधुनिक विधिमा सम्पन्न कार्यक्रम सम्पन्न भयो। सामूहिक छाञाछवि लिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ