multi-purpose Nepali Academy
multi-purpose Nepali Academy

बहुउद्देश्यीय नेपाली अकादमी भवन निर्माण मार्च 2026 भित्र पूर्ण हुने लक्ष्य

Share this news

जीटीए मुख्य कार्यपाल अनित थापाले नेपाली भाषा दिवस समारोहमा पनि नेपाली अकादमी स्थापना गर्ने कुराको घोषणा गरेको थिए। यसलाई टेवा दिंदै उनले नेपाली अकादमी भवन निर्माण कार्यको स्थलगत भ्रमण गरे। निर्माण कार्यलाई आगामी मार्च 2026 भित्र पूर्ण गर्ने लक्ष्य राखेर अधुरो निर्माण कार्यलाई निरन्तरता दिनेउनले बताए। निर्माण कार्य जुन रफ्तारमा चल्नु पर्ने थियो त्यसरी चलेको छैन। आज इन्जिनियर्स, आर्किटेक्टहरूसँग बसेर भवन निर्माण माथि मूल्याङ्कन गरेको थापाले बताए।
जीटीए सम्झौतामा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि नेपाली अकादमी स्थापना गर्ने व्यवस्था छ। त्यसै सम्झौताको आधारमा केही वर्ष पूर्व अकादमी भवन निर्माण कार्यको सुरुवात भएको थियो। दार्जीलिङ्ग हिल कार्ट रोड स्थित पुरानो गोयनका स्कूल परिसरमा नेपाली अकादमी भवनको निर्माण भइरहेको उनले बताए। जीटीए प्रमुखले अमर लामा, अनोस थापा अनि विजय कुमार राईलाई भवनमा चाहिने बुनियादी कुराहरूको सूची तयार गर्ने साथै अन्य कार्यको अभिभारा सुम्पेका छन्। भवन निर्माण भएर मात्र नेपाली अकादमीको स्थापना हुँदैन। यसको निम्ति अकादमी स्थापना हुनु अनिवार्य रहेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ