अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन केन्द्रिय समितिको जुम सभा

Share this news

अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन केन्द्रिय समितिको जुम अन लाइन सभा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भयो। सभाको सञ्चालन केन्द्रिय महासचिव कलावती गुरुङले गरेकी थिइन् भने स्वागत समभाषण उपसभापति बिजय गुरुङले प्रस्तुत गरे।
सभाको मुख्य विषय थियो तमु महाअधिवेशन नभएको धेरै वर्ष बितेर गएको उल्लेख गर्दै सभा संचालिका महासचिव कलावती गुरुङले तमु महाअधिवेशन गर्ने वा नगर्ने भन्ने प्रश्न सभा अघि राखिन्।
उपसभापति विकास गुरुङले संगठनको आर्थिक स्थिति कम्जोर भएको कारण त्यस तर्फ हामी सबैको ध्यान जानु पर्ने बताए। यस्तै विचार सिलगडी महकुमाका मूल सचिव सुमेस गुरुङले उपसभापति विकास गुरुङको विचारलाई समर्थन जनाए। केन्द्रिय सदस्य जय कुमार गुरुङले छोटो मीठो सबैलाई चित्त बुझ्दो मन्तव्य सभामा राखे। यसरी गुरुङ बोर्डका अध्यक्ष खगेन्द्र गुरुङले अब चुनाव नजिक आउँदैछ यस्तो समयमा आचारसंहिता लागु हुनेछ र महाअधिवेशन गर्ने उपयुक्त समय नभएको बारे प्रकाश पारे।
यसरी नै केन्द्रिय कोषाध्यक्ष डा. शारदा गुरुङले सबै जातिले सकारात्मक सोचले हामी अघि बड्न सक्छौं भन्दै अधिवेशन हुनु पर्छ भन्नेमा जोड दिए। यसैगरी संयुक्त सचिव अशोक गुरुङले महाअधिवेसनको बारेमा प्रकाश पार्दै चुनाव साथै आगामी सेप्टेम्बरमा संगठनको स्थापना दिवस भएकोले अधिवेशन हुनु पर्नेमा जोड दिए।
डुवर्सका मूल सचिव सञ्जीव गुरुङको भनाइ यही रहेको थियो। डा. बीबी गुरुङले लेप्चा जातिको उदाहरण दिंदै आफ्नो सारगर्भित मन्त्यव प्रस्तुत गरे।
यसरी नै कालिम्पोङ महकुमा समितिका मूलसचिव भीम गुरुङले आफ्नो शाखा प्रशाखालाई जागरुक बनाउने दिशामा केन्द्रिय समितिको ध्यानाकर्षण गरेका थिए।
झारखण्ड तमु समाजका सभापति सतीश गुरुङ र मणिपुर तमु समाजका मूल सचिव गोपाल गुरुङको आतिथ्य रहेको थियो।
अन्तमा सभापति आनन्द तमुले महाअधिवेशन हुनु पर्छ भन्दै यसको निम्ति हामीलाई आँट, भरोसा, मन छ, जस्तै परिआए पनि हामी अधिवेशन गर्नबाट पछि नहट्ने बताए। हामी तमुहरुका नयाँ पींडीलाई अधिवेशन किन आवस्यकता छ भनी बताउन सकिन्छ।
हाम्रो गुरुङ जातिमा अरु जातिमा जस्तो एमएलए , एमपीहरु छैनन् कहीं कतैबाट पनि हुन सकेको छैन। हाम्रो राजनीतिक कमी कमजोरी पनि हो भन्दै तिनले भने, अधिवेशन भयो भने राजनीतिको क्षेत्रमा होस शैक्षिक, व्यवसाय, उधोग, डाक्टर, इन्जिनियर, एसडीओ, बीडीओ आइपीएस उच्चस्तरीय प्राशसनिक अधिकारीवर्गमा हामी नगन्य छौं। हाम्रो अधिवेशन भएमा गुरुङ समुदायमा अधिक मात्रमा चिनजान हुनेछ। टाडाबाट आएकाहरु तमु समुदायसङ्ग भेटघाट र परिचयको औसर हामीलाई प्राप्त हुनेछ भन्दै आगामी 17 फरवरी 2026 को दिन रात्रि बेलाको ठीक 7 बजि प्रत्येक महकुमाका सभापति सचिव महकुमाका कार्यकारीणिवर्ग, केन्द्रिय पदाधिकारीवर्गलाई जुम सभामा उपस्थिति भइदिने अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन केन्द्रिय समिति आह्वान गर्दछ। सभामा केन्द्रिय समितिका मुख्य सल्लाहकार डा. रत्न प्रकाश गुरुङ, सिलगडी महकुमा सभापति बाल कुमार गुरुङको विशेष उपस्थिति रहेको थियो। महासचिव कलावती गुरुङलाई यो जुम सभालाई सुचारु रुपले सञ्चालन गर्नमा अहम भुमिका निर्वाह गरभएकोमा आन्तरिक हृदयबाट धन्यवाद टक्राउँदै डा. बीबी गुरुङलाई जुम सभाको शिरोभार लिइदिएकामा उहाँप्रति सङ्गठनले कृतज्ञता जनायो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ