MP Raju Bista met the actor himself. To the family of Bhushan Dahal
MP Raju Bista met the actor himself. To the family of Bhushan Dahal

सांसद राजु विष्टले भेटे अभिनेता स्व. भूषण दाहालको परिवारलाई

Share this news

सांसद राजु विष्टले सिलगढीका अभिनेता स्व. भूषण दाहालको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्। स्व. भूषण दाहालकी आमाको आमाको निधन भएको ४५ दिन 1 जनवरीमा भएको बताउँदा विष्टले कम समयपछि नै स्वर्गीय जीवनतर्फ प्रस्थान गर्नु अत्यन्त दुखद घटना भएको बताए। भूषण दाहाल एक प्रशंसित सामाजिक कार्यकर्ता थिए, र उनले बीजेपी चम्पासरी मण्डल समितिको पूर्व उपाध्यक्षको रूपमा पनि सेवा दिएका थिए। उनी आफ्नो समर्पण, अनुशासन, र सामाजिक सेवाप्रतिको प्रतिबद्धताका लागि परिचित थिए, र हाम्रो क्षेत्रका जनताको कल्याणको लागि राजनीतिक प्लेटफर्मको उपयोग गर्दै आएको विष्टले बताए। उनले हामी परिवारसँग हाम्रो हार्दिक समवेदना व्यक्त गर्छौं, र यस कठिन समयमा परिवारलाई शक्ति र साहस प्रदान गर्न भगवानसँग प्रार्थना गर्ने बताए।
स्मरण रहोस् 52 वर्षीय भूषण दाहाल स्व. दयानन्द दाहाल र स्व. राधिका (यादव कुमारी) दाहालका माइला छोरा दार्जीलिङको सिहमारी महाकालग्राम क्षेत्रमा जन्मेका थिए भने वर्तमान सिलगढीको मिलनमोड नजीक बाबुवासामा स्थायीरुपमा बसोवास गरिरहेका थिए। केही दिनअघि विरामी परेर सिलगढीको एउटा नर्सिङ्ग होममा भर्ना गरिेएको थियो। तर 1 जनवरीको दिन उनको दुःखद निधन भयो। उनले आफूपछि श्रीमती मञ्जु दाहाल अनि दुइ छोरो छोडी गएका छन्। लेखन, गायन, अभिनय र समाज सेवामा सक्रिय भूषण दाहाल परिवारको विश्वास र भरोसाका बलियो खाँबो थिए। उनले कृष्ण प्रधानद्वारा लिखित र कृष्ण बस्नेतद्वारा निर्देशित नाटक “डङ्कुटी डङ्कुटी डङ्ग डङ्ग”मा महत्वपूर्ण अभिनय गरेका थिए। यसै गरी उनले अभिनय गरेको चलचित्र “मेरो जुत्ता खोइ” विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। तर यो चलचित्र हेर्न नपाई उनले अन्तिम स्वास लिएका थिए। उनको अर्को चलचित्र “वारियर” रिलिज हुन बाँकी रहेको छ। कञ्चनजङ्गा उद्धार केन्द्रसङ्ग संलग्न भूषण दाहालको निधनमा एसोसिएशन फऱ रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकित परिवारजनलाई समवेदना प्रकट गरेको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ