सांसदबिष्टको सहभागिता खस भारतीय हितकारी सम्मेलनमा

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आइतबार कालेबुङमा खस भारतीय हितकारी सम्मेलनको १०औँ केन्द्रीय महा-अधिवेशनमा उपस्थित भएर बधाई अनि शुभकामना व्यक्त गरेका थिए। हाम्रो गोर्खा जाति बहुभाषी, बहुसंस्कृति, बहुधर्मी जनजाति एवम् समुदायहरूले मिलेर बनेको एउटा साझा फूलबारी हो भन्ने तथ्यमाथि विशेष जोड़ दिएका थिए। यस फुलबारीमा रहेका सबै फुलहरूको आ-आफ्नै विशिष्ट अस्तित्व, रूप-रङ अनि सुवासनाहरूले एक सुन्दर बगैँचाको निर्माण भएको छ। यस पृष्ठभूमिमा, भारतभरि छरिएर बसेका गोर्खा जातिको अस्तित्व अनि संवर्द्धनमा खसहरूको योगदान उल्लेखनीय र गरिमामय रहेको छ। खस भारतीय हितकारी सम्मेलनले भारतभरि छरिएर बसेका खसहरू र गोर्खाहरूलाई भावनात्मक एकताको सूत्रले बाँध्ने महत्त्वपूर्ण काम गरिरहेको छ।

समग्रतामा हामी गोर्खाहरूको सामुहिक अस्तित्व यसका विभिन्न घटकहरूको समानान्तर विकास अनि समृद्धिमाथि निर्भर गर्दछ। हामी सबै घटक जातिहरू एउटै धुरीमुनि बाँचिरहेका छौँ, त्यसैले यसलाई बलियो र सुदृढ़ बनाएर नै हाम्रो गोर्खा जातिको अस्तित्व अनि हाम्रो चिनारी बाँच्न सक्नेछ। खसहरूको संस्कृति अनि इतिहासलाई भावी पिंढ़ीसम्म पुऱ्याउन अनि यसको विकास र संवर्द्धनका लागि स्वच्छ अनि व्यापक दृष्टिकोण राखेर गठित एवम् निरन्तर जाति, समाज, देश र मानवमात्रको हितमा अगाड़ि बढ़ीरहेको यस संस्थाका उद्देश्यहरू फलिभूत होउन् भन्ने कामना सांसद राजु बिष्टले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ